अमेरिकामा २ लाख ५० हजार डलरभन्दा बढी छ भने यस्ता छन् सुरक्षित डिपोजिटका तरिका


प्रकाशित मिति : फाल्गुन २९, २०७९ सोमबार

city buildings during night time

सिलिकन भ्याली र सिग्नेचर बैंकको पतन र पीडा अन्य वित्तीय संस्थाहरूमा फैलिने डरले असहज प्रश्न खडा गरिरहेको छ । के एउटै बैंकमा धेरै पैसा डिपोजिट गर्नु सुरक्षित छ?

सन् १९९३ मा ल्याइएको बैंकिङ कानून अनुशार अमेरिकामा फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले बिमा गरिएका बैंकहरूमा योग्य खाताहरूमा प्रति ग्राहक २ लाख ५० हजारसम्म सुरक्षित गर्दछ । बचतकर्ताहरूको लागि अमेरिकी अधिकारीहरूले नयाँ बैंक ब्याकस्टप पनि सिर्जना गरेका छन् जसले असफल बैंकहरूमा २ लाख ५० हजार भन्दा माथिको डिपोजिट समेत सुरक्षित गर्न पर्याप्त छ।

तरपनि २ लाख ५० हजारको थ्रेसहोल्ड भन्दा बढी डिपोजिटहरु भएका बचतकर्ताहरूले झमेला महसुस गरिरहेका छन्। यद्यपी तपाईंको आफ्नै बैंकमा तपाईंको बिमा २ लाख ५० हजारभन्दा माथिको डिपोजिटमा समेत बढाउने सरल तरिकाहरू समेत छन्।

three round gold-colored coins on 100 US dollar banknotes

फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले व्यक्तिहरूको योग्य खाताहरूको लागि २ लाख ५० हजारसम्म कभर गर्दछ, तर संयुक्त खाताको हकमा प्रत्येक सहमालिकको लागि २ लाख ५० हजारसम्मको कभर गर्दछ । यदि दम्पत्तिले संयुक्त खाता खोलेमा ५ लाखसम्मको रकम कभर हुन्छ ।

यदि तपाइँ विवाहित हुनुहुन्छ भने तपाइँको नाममा एक व्यक्तिगत बैंक खाता, तपाइँको दम्पत्तिको नाममा अर्को व्यक्तिगत बैंक खाता र दम्पत्तिको एउटा संयुक्त खाता खोलेमा सबै खातामा गरी १ मिलियनसम्मको रकम बिमाबाट कभर हुन्छ । तपाईंको प्रत्येक बालबालिका वा तपाईंको परिवार भित्रका अन्य सदस्यहरुको खातामा केही नगद फैलाउन पनि सकिन्छ ।

एकल व्यक्ति वा संयुक्त खाता कभरेजको फाइदा लिन नसक्ने व्यक्तिहरूले आफ्नो केही नगद अर्को बीमा गरिएको बैंकमा राख्नु जोखिमलाई कम गर्ने राम्रो तरिका हो। त्यसैले धेरै बैंकहरुमा खाता खोलेर पनि आफ्नो सुरक्षित रकमको सिमा बढाउन सकिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com