बेलायतमा सरकारी फोनमा टिकटक प्रतिबन्ध


प्रकाशित मिति : चैत्र २, २०७९ बिहीबार

iphone xs on white table

बेलायती अधिकारीहरूले सुरक्षाको आधारमा चिनियाँ स्वामित्वको एप टिकटकलाई सरकारी मोबाइल फोनमा प्रतिबन्ध लगाएको बताएका छन् । अमेरिका र युरोपेली संघले यस्तै कदमहरू पछ्याउँदै बेलायतले पनि सरकारी उपकरणमा टिकटकमा प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्ध सरकारी मन्त्रीहरू र निजामती कर्मचारीहरूले प्रयोग गर्ने फोन र अन्य उपकरणहरूमा तत्काल लागू हुने क्याबिनेट अफिसका मन्त्री ओलिभर डाउडेनले संसदलाई भनेका छन् । उनले प्रतिबन्धलाई सावधानीपूर्ण कदमको रूपमा वर्णन गरेका छन् । यो प्रतिबन्ध व्यक्तिगत फोन र उपकरणहरूमा लागू नहुने उनले बताए ।

red and whites logo

अमेरिकी सरकारले गत महिना संघीय एजेन्सीका कर्मचारीहरूले प्रयोग गर्ने सबै सरकारी मोबाइल उपकरणहरूबाट टिकटक हटाउनु पर्ने आदेश दिएको थियो। कंग्रेस, ह्वाइट हाउस, अमेरिकी सशस्त्र बल र अमेरिकाको आधाभन्दा बढी राज्यले यस एपमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

युरोपेली संघ, बेल्जियम र अन्य देशले पनि कर्मचारी फोनबाट एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएका छन्। टिकटकले चिनियाँ सरकारलाई ब्राउजिङ इतिहास र स्थान जस्ता प्रयोगकर्ताको डाटा दिने वा यसको तर्फबाट प्रचार र गलत सूचनालाई धकेल्ने चिन्ता बढ्दै गएपछि यो कदम चालिएको हो।

कम्पनीले त्यस्ता चिन्ताहरू गलत जानकारीमा आधारित रहेको बताउदै आएको छ । यी प्रतिबन्धहरू आधारभूत गलत धारणाहरूमा आधारित रहेको बताउदै यी कदमहरु व्यापक भूराजनीतिद्वारा संचालित भएको बताएको छ । जसमा टिकटक र यूकेमा लाखौं प्रयोगकर्ताहरूले कुनै भूमिका नखेल्ने कम्पनीले बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com