मुसाको सुप बेचेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागबाट बन्द


प्रकाशित मिति : चैत्र ३, २०७९ शुक्रबार

soup with vegetable beside chopsticks and glass of water

मुसाको सुप बेचेको आरोप लागेको न्युयोर्कको म्यानहटनको रेष्टुरेण्ट स्वास्थ्य विभागले बन्द गराएको छ । कोरियाटाउनको रेस्टुरेन्ट गाम्मियोकलाई स्वास्थ्य विभागले बन्द गराएको हो ।

उक्त रेष्टुरेण्टले यस हप्ता दुई ग्राहकहरूलाई मुसाको सुप खुवाएको भन्दै ग्राहकहरुले मुद्दा दायर गरेका थिए । डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनले बुधबार निरीक्षण पछि उक्त रेष्टुरेण्ट बन्द गराएको हो ।

Brown and White Land Animal

मेयर एरिक एडम्सका एक प्रवक्ताले कुनै पनि न्युयोर्क सिटीको रेस्टुरेन्टलाई मेनुमा मुसा राख्ने अधिकार नभएको बताएका छन् । यसबारे थप अनुसन्धान गरिरहेको उनले बताएका छन् ।

रेस्टुरेन्टको अगाडि टाँसिएको सुचना अनुशार यो रेष्टुरेण्ट स्वास्थ्य विभागले बन्द गराएको जानकारी दिइएको हो । बिहीबारको रेस्टुरेन्टले दुई छुट्टा छुट्टै सुचना टाँसेर मर्मतका लागि बन्द गरिएको दावी गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com