२:१५ मा अदालतमा उपस्थीत हुन ट्रम्प टावरबाट निस्के ट्रम्प


प्रकाशित मिति : चैत्र २१, २०७९ मंगलबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा उपस्थीत हुनका लागि ट्रम्प टावरबाट निस्केका छन् । उनले चाँडै अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्प टावरबाट निस्केर उनी तल्लो म्यानहट्टनतिर लागेका छन्, जहाँ उनले न्यूयोर्कको अदालतमा चाँडै नै अधिकारीहरूसमक्ष आत्मसमर्पण गर्नेछन् । ट्रम्पले भवनबाट बाहिर निस्कँदा हात हल्लाएका थिए ।

ट्रम्पको झलक पाउन प्रयास गर्न पत्रकारहरूको ठूलो भीड र दुबै समर्थक र ट्रम्प विरोधी पक्षधरहरू अदालतको बाहिर जम्मा भएका छन् । ट्रम्पले आपराधिक अभियोगको सामना गर्ने पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्।

ट्रम्पलाई न्युयोर्क समय अनुशार दिउँसो २ बजेर १५ मिनेटमा अदालतमा उपस्थित गराउने कार्यक्रम छ। त्यसपछि उनले तुरुन्तै फ्लोरिडामा आफ्नो घर मार ए लागो फर्कने योजना बनाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com