न्युयोर्कको क्वीन्समा प्रहरी अधिकारीमाथि गोली प्रहार, जमैका अस्पतालमा भर्ना
प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार
न्युयोर्कको क्वीन्समा प्रहरी अधिकारीमाथि गोली प्रहार भएको छ । उनलाई अहिले जमैका अस्पतालमा भर्ना गरिएको छ । गोली प्रहारको घटना स्थानीय समय अनुशार दिउसो साढे ३ बजे भएको हो ।
ADVISORY: Due to a police involved incident, please avoid the area of 161st Street, between 90th Avenue and Jamaica Avenue in Queens. Expect traffic and emergency vehicles in the area. pic.twitter.com/mcxGk8uwb2
— NYPD NEWS (@NYPDnews) April 5, 2023
क्वीन्सको ९० एभिन्यु र जमैका एभिन्युको बीचमा घटना भएको न्युयोर्क प्रहरीले जनाएको छ । घटनाका कारण चालकहरूले यस क्षेत्रमा ट्राफिक र आपतकालीन सवारी साधनहरूको सामना गर्नुपर्ने प्रहरीले जनाएको छ ।
अधिकारीको खुट्टामा गोली लागेको र बाँच्ने अपेक्षा गरिएको स्रोतले जनाएको छ । गोली प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रोतका अनुसार प्रहरीले अन्य व्यक्तिको खोजी गरिरहेको छ ।