विनोद चौधरीको सम्पत्ति बढेर १ अर्ब ८० करोड डलर
प्रकाशित मिति : चैत्र २२, २०७९ बुधबार
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति विगतको तुलनामा बढेर १ अर्ब ८० करोड डलर पुगेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा उनको बढेको देखिएको हो ।
६७ वर्षका चौधरी फोर्ब्स सूचीका १६४७औँ अर्बपति रहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको यो सम्पत्ति उनी विश्व अर्बपतिमा सुचीकृत भएदेखिकै सबैभन्दा धेरै हो।
सन् २०१४ मा उनी अर्बपति सूचीमा प्रवेश गरेका थिए । त्यतिबेला उनको सम्पत्ति १ दशमलव १ अर्ब डलर थियो । त्यसपछि २०१५ मा १ दशमलव ३ अर्ब डलर, सन् २०१६ मा १ दशमलव १ अर्ब डलर, २०१७ मा १ दशमलव ३ अर्ब डलर, २०१८ मा १ दशमलव ५ अर्ब डलर, २०१९ मा १ दशमलव ७ अर्ब डलर, २०२० मा १ दशमलव ४ अर्ब डलर, २०२१ मा १ दशमलव ४ अर्ब डलर, २०२२ मा १ दशमलव ५ अर्ब डलर रहेकोमा सन् २०२३ मा आइपुग्दा १ दशमलव ८ अर्ब डलर पुगेको हो।
चौधरी सीजी कर्प ग्लोबलका मालिक हुन्। उनको नबिल बैंक र वाइवाइ चाउचाउ उत्पादक सीजी फुड्समा ठूलो सेयर स्वामित्व छ।
वाइवाइ चाउचाउको भारत, सर्बिया र बंग्लादेशमा कारखाना रहेको छ। इजिप्टमा अर्को कारखाना निर्माणको चरणमा छ। जसले धेरै प्रकारका ससेज ल्याउने तयारी छ।
सीजीको होटलमा पनि लगानी रहेको छ । १४३ वटाको स्वामित्व रहेकोमा अन्य सम्पत्ति समेत व्यवस्थापन गरिरहेको छ। त्यसमा भारतको ताज होटल चेन समेत समावेश छ।
उनका छोराहरु निर्वाणले नेपालमा र राहुल र वरुणले विदेश बसेर सीजी ग्रुप चलाइरहेका छन्। निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक हुन् ।