अमेरिकामा घरमा चोर घुस्न खोजेमा के गर्ने ? ३१ बर्षदेखि सकृय क्राइम रिपोर्टरका टिप्स


प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार

३१ वर्षदेखि अमेरिकामा क्राइम रिपोर्टरको रूपमा काम गरिरहेकी लोरी फुलब्राइटले घरमा चोर आएमा के गर्ने भन्नेबारे केही टिप्सहरु दिएकी छिन् । उनले अपरिचित व्यक्तिले ढोका ढकढक गरेको सुनेमा के नगर्ने भन्ने चेतावनी पनि दिएकी छिन् ।

अपरिचितले ढोकामा ढकढक गर्दा तपाई किन शान्त बस्नु उपयुक्त हुदैन वा घरमा नभएकोजस्तो बहाना गर्नु हुँदैन भन्नेबारे उनले बताएकी छिन् । उनले पत्रकारिताका क्रममा सयौं अपराधीहरू र विशेष गरी चोरहरूसँग अन्तरवार्ता लिएको आधारमा यी टिप्सहरु दिएको बताएकी छिन् ।

अधिकांश चोरहरुले खाली घरमा चोरी गर्न चाहेको बताएका थिए । चोरहरु तपाईं घरमा नभएको बेलामा तपाईको ढोकामा लात हान्न चाहने ती पत्रकारले बताएकी छिन् । चोरहरु घरमा कोही नभएको बेलामा चोरी गर्न चाहने भएकाले जब चोरीका क्रममा कोही व्यक्ति ढोका पछाडि वा घर भित्र लुकेको भेटिएमा चोरीका लागि आएको चोरले आक्रमण गरेर व्यक्तिगत अपराध समेत गर्नसक्ने ती पत्रकारले बताएकी छिन् । किनभने आमनेसामने भएपछि कुनै पनि घटना हुनसक्छ ।

उनले वर्षौंदेखि कुरा गरेको आधारमा फुलब्राइटका अनुशार बहुसंख्यक चोरहरू सोमबारदेखि शुक्रबार बिहान ९ बजेदेखि दिउसो साढे ३ बजेसम्म चोर्न आउन सक्छन् । किनकि उनीहरू सोच्छन् कि त्यो बेला घरमा कोही हुनेछैनन्।

चोरहरुले घरभित्र छिर्नु अगाडि कोही भए नभएको सुनिश्चित गर्न भित्रबाट आउने आवाज, पाइलाहरू, र टिभीको आवाजहरू सुन्नेछन् । यदि उनीहरूलाई यो खाली छ भन्ने लाग्छ भने उनीहरूले ढोका ढकढकाएर वा ढोकामा। लात हानेर चोरी सुरु गर्छन् ।

ओक्लाहोमामा यस्ता प्रकारका चोरीहरु बारम्बार हुने गरेको उनले बताइन् । त्यसैले कसैले ढकढक गर्दा चुप नबस्न फुलब्राइटले सल्लाह दिएकी छिन् । आवाज निकाल्न वा ढोकानेर गएर के म तपाईंलाई मद्दत गर्न सक्छु ? मलाई चासो छैन, तपाई जानुहोस्? जस्ता आवाज दिन उनले सुझाव दिएकी छिन् । ताकी चोरहरुलाई भित्र कोही छ भनेर थाहा होस् ।

चोरलाई तर्साउन सुरक्षाको लागि झूट पनि बोल्न सकिने उनले बताएकी छिन् । ‘नुहाउने ठाउँबाट बाहिर निस्क’ भन्दै आफ्नो दम्पत्तिलाई बोलाएजस्तो गर्ने वा ‘बन्दुक लोड गर्न बन्द गरेर पिटबुललाई खुवाउ’ भनेर कसैलाई भनेजस्तो गर्ने समेत गर्न सकिन्छ । यसो गर्दा चोरले घरमा एक भन्दा बढी व्यक्ति भएको ठानेर घरभित्र पस्न डराउनेछ ।

टिभी चलाउन वा घरमा कोही छ जस्तो आवाज बनाउन ठूलो आवाज निकाल्न सकिने समेत उनले सुझाव दिएकी छिन् । किनभने फुलब्राइटका अनुशार उनले अन्तर्वार्ता लिने चोरहरूले कसैको घरभित्र अरु व्यक्ति छ भन्ने थाहा पाएपछि तिनीहरूमध्ये धेरैजसोले त्यहाँ छाडेर अर्को घर खोज्ने बताएका थिए । उनीहरू प्राय चोरीका लागि खाली घर खोज्ने उनले बताइन् ।

कसैले ढकढक गर्दा चुपचाप बस्ने बहाना नगर्न, बरु धेरै आवाज निकाल्न अभिभावकहरूले आफ्ना बच्चाहरूलाई रिले गर्न उनले आग्रह गरेकी छिन् ।

फुलब्राइटले लगभग ६ हजार पीडितहरुसँग अन्तर्वार्ता लिएको र अपराधबाट सुरक्षित रहन यस क्षेत्रमा वर्षमा करिब १०० कक्षामा पढाउने गरेको बताएकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com