प्रहरीलाई थुकेको अभियोगमा अमेरिकामा एक व्यक्तिलाई ७० वर्ष जेल सजाय
प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार
अमेरिकाको टेक्सासका एक व्यक्तिलाई गत मेमा गिरफ्तारीको क्रममा लुबकका प्रहरी अधिकारीहरूलाई थुकेको आरोपमा ७० वर्षको जेल सजाय सुनाइएको छ ।
प्रहरीहरूले ३६ वर्षीया ल्यारी पियर्सनलाई घरेलु हिंसाको आरोपमा पक्राउ गरेका थिए, जब उनले कथित रूपमा एक महिलालाई धेरै चोटि अनुहारमा हिर्काउदा चोटपटक लागेको थियो ।
अधिकारीहरूले पीडितलाई पक्राउ नगर्दा पियर्सन कथित रूपमा रिसाएर पुलिस क्रूजरको ढोकामा लात हान्न थालेका थिए । जब दुई पुलिसले उसलाई रोक्नको लागि ढोका खोले, पियर्सनले उनीहरूलाई थुक्नुका साथै लुबबक काउन्टी डिटेन्सन सेन्टरमा पुगेपछि पनि थुकेको जनाइएको छ ।
न्यायाधीशहरूले पछि उनलाई सरकारी सेवकलाई दुव्र्यवहार गरेको दुईवटा मुद्दामा दोषी ठहर गरेका थिए । ट्रायलको समापन तर्कको क्रममा अभियोजक जेसिका गोर्मनले जूरीलाई संदिग्ध र समाज दुवैलाई यसको सजायको साथ सन्देश पठाउन भनेकी थिइन् ।
पियर्सनलाई डकैती र पारिवारिक हिंसाको लागि पनि दोषी ठहराइएको थियो । जसको कारण पियर्सनको न्यूनतम सजाय २५ वर्षको हुने थियो ।