अमेरिकामा अण्डरएजसँग यौनसम्पर्क गरेको स्वीकार गर्ने ३२ बर्षका पुरुषलाई १७० वर्षको जेल सजाय


प्रकाशित मिति : चैत्र ३०, २०७९ बिहीबार

बिहिबार अमेरिकाको वायोमिङमा संघीय अदालतका न्यायाधीशले ३२ वर्षीय साल्भाडोर सालास जुनियरलाई अण्डरएजसँग यौनसम्पर्क गरेको अभियोगमा १७० बर्षको जेल सजाय सुनाएका छन् । ती व्यक्ति मेन्टरिङको बहानामा १३ वर्षीया केटीसँग लागुऔषध सेवन र यौनसम्पर्क गरेको आरोपमा पक्राउ परेका थिए ।

ती व्यक्तिलाई १७० बर्षको जेल सवायका साथमा १ लाख ३० हजार डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने सजाय समेत सुनाइएको छ । जुरीले तीन दिनको सुनुवाइपछि जनवरी २५ मा सालासलाई दोषी ठहर गरेपनि सजाय भने आज सुनाइएको हो ।

अमेरिकी जिल्ला अदालतका मुख्य न्यायाधीश स्कट डब्ल्यू स्कावडाहलले सालासलाई उपचारमा बच्चाको हेरचाह कभर गर्नका लागि १ लाख ३२ हजार ५६ डलर क्षतिपूर्तिका साथै विशेष मूल्याङ्कनमा ६ सय डलर तिर्न आदेश दिएका हुन् ।

यस मुद्दामा प्रमाणहरूले देखाएको छ कि सालास एक यौन शिकारी हो । जसले उसलाई विश्वास गर्ने मानिसहरूलाई ललाईफकाई गरेको छ । वायोमिङका लागि अमेरिकी अधिवक्ता निकोलस भासालोले भने।

ती व्यक्तिले नाबालिग पीडितकी आमासँगको सम्बन्धलाई बच्चामा पहुँच प्राप्त गर्न प्रयोग गरेको जनाइएको छ । एक पटक नाबालिगमा पहुँच पाएपछि लागूपदार्थको आपूर्ति गरेर यौन दुर्व्यवहारको लागि अझ कमजोर बनाएको अदालती कागजातमा उल्लेख छ ।

सालास एक ग्राफिक कलाकार कपडा डिजाइनर र डीजे रहेको बयानमा उल्लेख छ । बच्चालाई सल्लाह दिने र उनको कपडा र जुत्ता डिजाइन सिकाउने प्रस्ताव राखेर पहुच कायम गरेको जनाइएको छ ।

फेब्रुअरी २८, २०२१ को बिहान बच्चा लागुऔषधले मातेर अनौठो व्यवहारका साथ काँप्दै घर आएपछि रहस्य खुलेको थियो ।
उनकी आमाले बालिकालाई अस्पतालको आकस्मिक कक्षमा लगेपछि कर्मचारीहरूले बालिकाको ओठमा मेथाम्फेटामाइन पाइपले जलेको भेट्टाएका थिए ।

आमाले बच्चालाई मानसिक स्वास्थ्य सुविधा वायोमिङ बिहेभियर इन्स्टिच्युटमा भर्ना गरिन् । त्यसपछि आमाले यसबारे प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि क्यास्पर पुलिस विभागले सालासको घरमा ड्रग्सको प्रमाण खोज्दै खोजी वारेन्ट कार्यान्वयन गरेको थियो । उनीहरूले मेथ, मेथ सामग्री, कोकेन र ब्युप्रेनोर्फिन फेला पारेका थिए ।

उनीहरूले त्यस दिन उनको इलेक्ट्रोनिक उपकरणहरूको लागि अर्को खोज वारेन्ट कार्यान्वयन गरेका थिए । द वायोमिङ इन्टरनेट क्राइम्स अगेन्स्ट चिल्ड्रेन टास्क फोर्सले बाल पोर्नोग्राफी फेला पारेको थियो । जुन इन्टरनेटबाट डाउनलोड गरिएको बच्चाहरूको यौन दुर्व्यवहार सम्बन्धि थियो। उनीहरूले सालासको घरमा गएकी १३ वर्षीया बालिकाको पाँचवटा भिडियो र ४७ वटा तस्बिरहरू पनि फेला पारेका थिए ।

भिडियोहरूको साथमा एउटा अडियो छ जसमा सालासले पीडितसँग कुरा गरिरहेको सुन्न सकिन्छ । त्यहाँ उनी केवल १३ वर्षकी भएको टिप्पणी पनि गरिएको छ । यी सामग्रीहरू सालासको घरमा खिचिएका थिए।

अधिकारीहरूले केटीको लुगा परीक्षण गरे र उनको अन्डरवियरमा वीर्यमा सालासको डीएनए फेला पारेका थिए । सलासले प्रहरीसमक्ष बच्चासँग यौन क्रियाकलाप गरेको र आफ्नो आईफोन प्रयोग गरेर कार्य रेकर्ड गरेको स्वीकार गरेको बयानमा भनिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com