अमेरिकाको एउटा राज्यमा कसैले पनि टिकटक चलाउन नपाउने बिल पारित


प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार

अमेरिकाका मोन्टाना राज्यको संसदले शुक्रबार राज्यमा टिकटकमा पूर्ण प्रतिबन्धलाई अनुमोदन गरेको छ । यो अमेरिकामा कुनै राज्यमा पूर्णरुपमा टिकटकमा प्रतिबन्ध लगाउनेगरी बिल पारित भएको पहिलो पटक हो । गभर्नरसमक्ष हस्ताक्षरका लागि पठाइएको बिलमा टिकटकको बिक्रीलाई निषेध गर्ने र मोन्टाना राज्यमा सञ्चालन गर्नबाट रोक लगाउने उल्लेख छ ।

धेरै राज्यहरू र संघीय सरकारले पहिले नै राष्ट्रिय सुरक्षा चिन्ताहरू जाहेर गर्दै सरकारी उपकरणहरुमा चिनियाँ स्वामित्वको एप टिकटकलाई प्रतिबन्धित गरिसकेका छन् । मोन्टानामा यो बिलमा हस्ताक्षर भएपछि कसैले पनि टिकटक चलाउन पाउनेछैनन् ।

red and whites logo

रिपब्लिकन गभर्नर ग्रेग जियानफोर्टेले राज्य स्वामित्वमा रहेका यन्त्रहरूमा एपलाई प्रतिबन्ध लगाउने समर्थन गरेकाले बिलमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । टिकटकका प्रवक्ताले भने यो बिललाई अमेरिकी आवाजहरू सेन्सर गर्ने प्रयास भएको बताएका छन् । उनले यसको संवैधानिकता अदालतले निर्णय गर्ने बताएका छन् ।

टिकटक संसारको सबैभन्दा लोकप्रिय एपहरू मध्ये एक हो, तर चिनियाँ कम्पनीको स्वामित्वमा रहेको टिकटकले अमेरिकाको लागि राष्ट्रिय सुरक्षा जोखिम सिर्जना गर्न सक्नेबारे नीति निर्माताहरूको बढ्दो चिन्ताको सामना गरेको छ।

ट्रम्प प्रशासनले टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई अमेरिकी खरिदकर्तालाई एप बेच्न दबाब दिन प्रयास गरेपनि असफल भयो। बाइडेन प्रशासनले पनि समान दृष्टिकोणलाई जोड दिइरहेको छ । राष्ट्रपति बाइडेनले टिकटकमा प्रतिबन्ध लगाउने द्विदलीय प्रस्तावमा समर्थन दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com