बैंकिङ उथलपुथलको बीच अमेरिकामा चेस बैंकको नाफा ५२% बृद्धि, अधिकांश नाफा उच्च ब्याजदरबाट


प्रकाशित मिति : बैशाख २, २०८० शनिबार

जेपी मोर्गन चेस एण्ड कोले आफ्नो पहिलो त्रैमासिक नाफामा ५२ प्रतिशत बृद्धि भएको जनाएको छ । उच्च ब्याज दरका कारण बैंकलाई ऋणको लागि ग्राहकहरूलाई बढी चार्ज गर्न अनुमति दिएपछि नाफामा बृद्धि भएको हो ।

गत महिना सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको असफलता पछि बैंकिङ टाइटनमा व्यवसायी र ग्राहकहरूको भीड लागेपछि चेस बैंकमा निक्षेपहरू उल्लेखनीय रूपमा बढेको थियो । चेसको बलियो नतिजा, साथै सिटी गु्रप र बेल्स फार्गोका ठोस नतिजाहरु हेर्दा बैंकिङ प्रणालीमा सम्भावित समस्या संकेतहरु कम देखिएका छन् ।

बैंकिङ संकटको संकेत खोजिरहेका विश्लेषकहरूले कुनै पनि संकेत फेला नपारेपछि राहतको अनुभव गरेका छन् । सम्पत्तिको आधारमा राष्ट्रको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेसले १२ दशमलव २६ बिलियन नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ८ दशमलव २८ बिलियन डलर नाफा थियो। प्रति शेयर आधारमा बैंकले ४ डलर १० सेन्टस प्रति शेयर कमाएको छ, जुन गत वर्ष २ डलर ६३ सेन्टस प्रति शेयरको तुलनामा बढेको हो ।

नाफा वृद्धिको अधिकांश हिस्सा उच्च ब्याजदरबाट आएको हो । यस त्रैमासिकमा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४९ प्रतिशतले बढेर २० दशमलव ८ बिलियन डलर थियो ।

चेस बैंकमा त्रैमासिक अवधिमा ३७ बिलियनले निक्षेप बढेर २ दशमलव ४ ट्रिलियन पुगेको छ । ठूला बैंकहरूमा निक्षेपहरू धेरै चौथाईदेखि घट्दै गएको थियो किनभने उपभोक्ताहरूले आफ्नो महामारीको बेलाको बचत बिलहरू तिर्न प्रयोग गरे। तर मार्चमा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको पतनसँगै व्यवसायहरूले साना बैंकहरूबाट आफ्नो कोष फिर्ता लिएर ठूला बैंकहरूमा सार्दै छन् ।

पत्रकारहरूसँग कुरा गर्दै जेपी मोर्गन चेसका प्रमुख वित्तीय अधिकारी जेरेमी बर्नमले धेरैजसो नयाँ निक्षेपहरू नयाँ व्यवसाय र कम्पनीको बैंक खाताहरूमा गत महिना खोलिएको बताएका छन् । नयाँ निक्षेपहरूले धेरै चौथाईहरूका लागि बैंकबाट निक्षेपको प्रवाहलाई उल्ट्याएको उनको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com