१९ बर्षकी महिलाको आक्रमणबाट एरिजोना विमानस्थलमा चेकजाँज गरिरहेका ३ टीएसए अधिकारी घाइते


प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार

एक महिला यात्रुको आक्रमणबाट एरिजोनाको फिनिक्समा विमानस्थलमा चेकजाँज गरिरहेका ३ टीएसए अधिकारीहरू घाइते भएका छन् । फिनिक्स पुलिसले मंगलबार ती महिला यात्रीलाई पक्राउ गरेको छ । उनले सुरक्षा जाँचको क्रममा तीन यातायात सुरक्षा प्रशासन टीएसए एजेन्टहरूलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले बताएको छ ।

यात्रीले टर्मिनल ४ को चेकपोइन्ट डीमा कर्मचारीलाई आक्रमण गरेकी थिइन् । जसको कारण फिनिक्सका पुलिस अधिकारीहरूले उनलाई पक्राउ गरेपछि चेकपोइन्ट अस्थायी रूपमा बन्द भएको थियो । तीन एजेन्टहरू मध्ये दुईजनालाई उनीहरूको चोटपटकको लागि अस्पतालमा उपचार गरिएको थियो र त्यसपछि डिस्चार्ज गरिएको छ।

विमानस्थलमा आईडी चेक गर्दै टीएसए कर्मचारी ।

आफ्ना कर्मचारीहरू विरुद्ध यो अप्रत्याशित र निर्लज्ज शारीरिक आक्रमण अस्वीकार्य भएको एजेन्सीले लिखित वक्तव्यमा जनाएको छ । आफ्नो प्रतिबद्ध कार्यबलका लागि र उनीहरूले हरेक दिन यात्रा गर्ने सार्वजनिक सुरक्षामा खेल्ने भूमिकाका लागि कृतज्ञ रहेको तथा यी यात्रीको कार्यको कारणले तीन टीएसए अधिकारीहरूलाई चोट पुग्नुका सानै लगभग ४५० यात्रुहरूलाई असुविधा भएको टीएसएले जनाएको छ ।

यात्रुहरुलाई सुरक्षा जाँचको लागि नजिकैको चेकपोइन्टमा पठाइएको थियो । महिला यात्रुलाई के आरोप लाग्न सक्छ भन्नेबारे स्पष्ट छैन । फिनिक्स प्रहरीले ती युवतीलाई १९ वर्षीया माकिया कोलम्यानको रूपमा पहिचान गर्दै उनलाई बिना कुनै घटना जेलमा राखिएको बताएको छ । कर्मचारीहरुलाई धम्कीहरू तथा मौखिक र शारीरिक दुर्व्यवहार गर्नेहरुलाई आपराधिक दण्डका साथमा १३ हजार ९१० डलरसम्म जरिवाना हुन सक्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com