टाइटल ४२ को म्याद आज राती सकिँदै, अब अमेरिकाको सीमामा के हुन्छ?


प्रकाशित मिति : बैशाख २८, २०८० बिहीबार

महामारीकालिन सार्वजनिक स्वास्थ्य प्रतिबन्धको म्याद सकिन अब केही घण्टा बाँकी छ । यो सँगै धेरै वर्षको अमेरिकी अध्यागमन नीतिमा उल्लेखनीय परिवर्तन हुनेछ । साथै अमेरिका र मेक्सिको सीमा नजिकै हजारौं आप्रवासी समुहको अराजकता फैलिने अनुमान समेत गरिएको छ ।

कोरोना महामारीको शुरुवातको समयमा जारी गरिएको टाइटल ४२ ले अधिकारीहरूलाई अमेरिकी सिमानामा विना भिसा आएका आप्रवासीहरूलाई तुरुन्तै फर्काउन अनुमति दिएको थियो । कोरोनाभाइरसको फैलावट रोक्नको लागि भन्दै यो उपाय अपनाइएको थियो । तर बिहीबार राती ११ बजेर ५९ मिनेटमा समाप्त हुनेछ ।

टाइटल ४२ समाप्त भएपछि टाइटल ८ सकृय हुनेछ । अमेरिकी सरकार टाइटल ८ भनेर चिनिने अमेरिकी कोडको एक दशक पुरानो खण्डमा फर्किनेछ । योसँगै होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयरकासले कानुनी आधार विना अमेरिका प्रवेश गरेको पाइएमा थप गम्भीर परिणामहरू हुने चेतावनी दिएका छन् ।

होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टले हालैका महिनाहरूमा बारम्बार जोड दिदै आएको छ कि टाइतल ८ को अधिकार अन्तर्गत पक्राउ परेका आप्रवासीहरूले तीब्र देशनिकालाको प्रक्रियाको सामना गर्न सक्नेछन् । त्यसपछि उनीहरुलाई कम्तिमा पाँच वर्षको लागि पुन प्रवेशमा प्रतिबन्ध लगाइने छ । अमेरिका प्रवेश गर्ने प्रयास गर्नेहरूले आपराधिक अभियोगको सामना गर्न सक्नेछन् ।

तर टाइटल ८ लागु गर्दा प्रकृया लामो हुनसक्छ । ठूलो संख्यामा सीमा गिरफ्तारीहरूको सामना गर्ने अधिकारीहरूको लागि ठूलो चुनौती खडा हुन्छ। तुलनात्मक रूपमा टाइटल ४२ अन्तर्गत प्रशोधन समय लगभग ३० मिनेट हो , किनभने आप्रवासीलाई तुरुन्तै फर्काउन सकिन्छ । तर टाइटल ८ अन्तर्गतको प्रक्रिया एक घण्टा भन्दा बढी लाग्न सक्छ। टाइटल ८ ले आप्रवासीहरूलाई शरण खोज्न अनुमति दिन्छ, जुन लामो प्रक्रिया हुन सक्छ । आप्रवासीहरूको मुद्दा अध्यागमन अदालत प्रणाली मार्फत अगाडि बढ्नु अघि शरण अधिकारीहरूद्वारा क्रेडिबल फियर स्क्रीनिंगबाट सुरु हुन्छ।

कोरोना महामारीपछि टाइटल ८ का साथमा टाइटल ४२ प्रयोग गरिँदै आएको छ । सीबीपीका अनुसार आर्थिक वर्ष २०२२ मा टाइटल ८ अन्तरगत दक्षिणी सीमामा ११ लाख भन्दा बढी मानिसहरू पक्राउ परेका थिएभ ने सोही अवधिमा दक्षिणी सिमानामा शीर्षक ४२ अन्तर्गत १ दशमलव ०८ मिलियन भन्दा बढी मानिसहरूलाई निष्कासन गरिएको थियो।

बाइडेन प्रशासनले टाइटल ४२ को समाप्ती लगत्तै नयाँ कडा नीति समेत लागु गर्दैछ । यसमा नयाँ शरण नियम लागू गर्ने समावेश छ जसले ठूलो मात्रामा आप्रवासीहरूलाई अमेरिकामा शरण खोज्नबाट रोक्नेछ। यो नियमले आप्रवासीहरूले सीमाको बाटोमा मेक्सिकोजस्ता ट्रान्जिट गरेको देशमा एसाइलम आवेदन नदिएको भए उनीहरू अमेरिकामा शरण लिन अयोग्य हुनेछन् । अधिकारीहरूका अनुसार सीबीपी वन एप मार्फत अपोइन्टमेन्ट सुरक्षित गर्ने आप्रवासीहरूलाई छुट दिइनेछ।

यदि आप्रवासीहरू शरणका लागि अयोग्य पाइएमा उनीहरूलाई तीब्र गतिमा देशनिकाला गरिनेछ । साथै उनीहरूलाई पाँच वर्षको लागि अमेरिका आउन प्रतिबन्ध लगाइनेछ । क्युबा, भेनेजुएला, हाइटी र निकारागुआका आप्रवासीले गैरकानूनी रूपमा सीमा पार गरे भने उनीहरुलाई मेक्सिकोमा गरिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com