टाइटल ४२ को अन्त्य भएको एकसातामा मेक्सिकोबाट अमेरिका छिर्न खोज्ने ११ हजारलाई ३० देशमा डिपोर्ट


प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार

अमेरिकाले टाइटल ४२ को म्याद सकिएपछि एक हप्तामा ११ हजार भन्दा बढी आप्रवासीहरूलाई मेक्सिको र ३० भन्दा बढी अन्य देशहरूमा देशनिकाला गरेको छ । टाइटल ४२ को अन्त्यपछि अमेरिकी सीमा एजेन्टहरूले मे ११ वछि आप्रवासीहरूलाई तुरुन्तै निष्कासन गर्ने क्षमता गुमाएपनि हालै दक्षिणी सीमा पार गरेका आप्रवासीहरूलाई देशनिकाला गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

टाइटल ४२ अन्तर्गत निष्कासन गरिएकाहरूको विपरीत अमेरिकी अध्यागमन कानुन अन्तर्गत देश निकाला गरिएका आप्रवासीहरूले गम्भीर अध्यागमन र आपराधिक परिणामहरू सामना गर्न सक्छन् । उनीहरुलाई कम्तीमा ५ बर्ष अमेरिका प्रवेश गर्न नपाउने गरी निष्कासन गरिनुका साथै पुन प्रवेशको प्रयास गरेमा सम्भावित जेल समय र आपराधिक मुद्दा चलाइने समेत अवस्था हुनसक्छ ।

बाइडेन प्रशासनले अमेरिका मेक्सिको सीमामा आप्रवासी आगमनलाई रोक्नको लागि व्यापक अभियानको एक भागको रूपमा औपचारिक देशनिकालाको संख्या बढेको र उनीहरूले भोग्नु पर्ने परिणामहरूमा जोड दिएको छ । जुन विगत दुई वर्षमा सबै समयको उच्चमा पुगेको छ। अधिकारीहरूका अनुशार औपचारिक देशनिकालामा भएको वृद्धिले गत हप्तामा गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्यामा तीव्र गिरावट आएको छ।

टाइटल ४२ अन्त्य हुनु अगाडि आप्रवासीहरु विना भिसा अमेरिका प्रवेश गर्न खोज्ने संख्या दैनिक १० हजार पुगेको थियो । त्यसपछि अमेरिकी सीमा अधिकारीहरूले गत हप्तामा औसत दैनिक ४४ सय लाई पक्राउ गरेका थिए । पछिल्लो दुई दिनमा सीमा गस्तीले औसत दैनिक ३ हजारलाई पक्राउ गरेको छ । जुन यो महिनाको सुरुको तुलनामा ७० प्रतिशतले कम हो ।

टाइटल ४२ को म्याद सकिएपछि फर्काइएकाहरूमध्ये भेनेजुएला, निकारागुआ, हाइटी र क्युबाका १,१०० आप्रवासीहरू रहेका छन्, जसलाई मेक्सिको फर्काइएको छ । मेक्सिकोले अमेरिकाको अनुरोधमा यी देशका नागरिकहरु फिर्ता लिन सहमत भएको थियो ।

अन्य देशका आप्रवासीहरूले तीब्र गतिको देशनिकालको प्रक्रिया अन्तर्गत ५ बर्षका लागि देशनिकालाको सामना गरिरहेको बेला भेनेजुएला, निकारागुवा, हाइटियन र क्युबालीहरूलाई मेक्सिको फर्कने अवसर दिइन्छ, ताकि उनीहरूले अमेरिका आउन अनुमति दिने कार्यक्रमको लागि आवेदन दिन सक्छन्। तर त्यसका लागि अमेरिकामा स्पोन्सर हुनुपर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com