नयाँ सर्वेक्षणमा बाइडेनभन्दा ट्रम्प ७ अंकले लोकप्रिय, अन्य रिपब्लिकन उम्मेदबार पनि ट्रम्पभन्दा पछाडि
प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार
हार्वर्ड क्याप्स ह्यारिसको नयाँ सर्वेक्षणमा पूर्व राष्ट्रपति ट्रम्पले राष्ट्रपति बाइडेनलाई ७ अंकको अन्तरले उछिनेका छन् । अलग रूपमा सर्वेक्षणले बाइडेन र फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डेसेन्टिस बराबर देखिएका छन् । जब सर्वेक्षणमा सहभागीहरूलाई उनीहरूले हेड टू हेड म्याचअपमा कसलाई रुचाउँछन् भनेर सोधिएको थियो।
सर्वेक्षणले रिपब्लिकन प्राइमरीमा ट्रम्पको स्पष्ट शक्तिलाई संकेत गरेको छ । किनभने डेसेन्टिस अर्को हप्ता चुनावी दौडमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । सर्वेक्षणहरुमा डेसेन्टिसभन्दा ट्रम्प दोहोरो अंकले अगाडि छन् । डेसेन्टिसले उनी बाइडेनको सामना गर्न बलियो उम्मेदबार भएको दावी गर्दै आएपनि नयाँ सर्वेक्षणले यसमा प्रश्न खडा गरेको छ ।
सर्वेक्षणले ४७ प्रतिशत उत्तरदाताहरूले २०२४ को चुनाव आज भएमा तथा ट्रम्प र बाइडेन राजनीतिक दलका उम्मेदवार भएमा ट्रम्पलाई भोट दिने बताएका थिए। चालीस प्रतिशतले भने बाइडेनलाई भोट दिने बताएका थिए । जबकि १३ प्रतिशतले उनीहरूलाई थाहा नभएको वा निश्चित नभएको बताएका थिए ।
म्याचअपमा ४२ प्रतिशत उत्तरदाताले बाइडेनलाई रोजे भने ४२ प्रतिशतले नै डिसेन्टिसलाई रोजे। सोह्र प्रतिशतले आफूलाई थाहा नभएको वा निश्चित नभएको बताए। अर्को म्याचअपमा बाइडेनले संयुक्त राष्ट्र संघका लागि पूर्व राजदूत निक्की हेलीलाई भने पछाडि पारेका छन् । उक्त म्याचअपमा बाइडेनलाई ४० र हेलीलाई ३८ प्रतिशतले समर्थन गरेका थिए ।