टाइटल ४२ को अन्त्यपछि मेक्सिकोबाट गैरकानूनीरुपमा अमेरिका प्रवेश ७० प्रतिशतले कम


प्रकाशित मिति : जेष्ठ २४, २०८० बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार मे ११ मा टाइटल ४२ को अन्त्य भएदेखि दक्षिणी सीमानामा गैरकानूनी प्रवेशहरू ७० प्रतिशतले घटेको छ। सीबीपी गस्तीको प्रति दिन अमेरिका प्रवेश गर्नखोज्ने औसतमा ३४ सयजनासँग मुठभेडहरू हुने गरेको छ ।

मे १२ देखि जुन २ सम्म टाइटल ८ अन्तरगत ८० भन्दा बढी देशहरूका ३८ हजार ४ भन्दा धेरैलाई अमेरिका प्रवेश गर्न खोज्ने क्रममा पक्राउ गरेर उनीहरुको देशमा फिर्ता पठाइएको छ । यसमा क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका १४ सयभन्दा बढी समावेश छन् ।

यसरी सिमा क्षेत्रमा गैरकानूनी प्रवेशमा आएको गिरावटको ह्वाइट हाउसले प्रशंसा गरेको छ । राजनीतिक विश्लेषकहरु र रिपब्लिकन सांसदहरूले टाइटल ४२ को अन्त्यको लागि तयार नभएको दाबी पनि त्यसलाई गलत साबित गरेको ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी अब्दुल्लाह हसनले ट्वीट गरेका छन् ।

विभिन्न प्रकारका सीबीपी सेवाहरू प्रदान गर्ने हबको रूपमा रोल आउट गरिएको सीबीपी वान एप्लीकेशनबाट हरेक दिन १ हजार ७० जनासम्मलाई पोर्ट अफ इन्ट्रीमा प्रकृयामा लगिएको अधिकारीहरुले बताएका छन् । जुन १ सम्म प्रत्येक दिन उपलब्ध अपोइन्टमेन्टको संख्या १,२५० मा विस्तार गरिएको छ ।

तर केही रिपब्लिकनहरूले सीबीपी वानको बारेमा शंका व्यक्त गरेका छन्यो । यो एप्लीकेशन ठूलो आप्रवासनलाई अनुमति दिने एक सवारी साधन भएको उनीहरुको आरोप छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका एजेन्सीबाट दुई शीर्ष अध्यागमन अधिकारीहरूले अवकाशको घोषणा गरिरहदा गैरकानूनी अमेरिका प्रवेशमा यो कमी आएको हो। सीमा गस्ती प्रमुख राउल ओर्टिज र आइसका कार्यवाहक निर्देशक टे जोन्सनले अवकाश लिँदैछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com