जबरजस्ती चन्दा असुलीका रिपोर्ट पछि टेक्सास सीमा शहरमा एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित


प्रकाशित मिति : जेष्ठ ३०, २०८० मंगलबार

मेक्सिकोमा आप्रवासीहरूबाट जबरजस्ती चन्दा उठाइएका रिपोर्टहरू आएपछि खतरनाक टेक्सास मेक्सिको सीमा क्रसिङमा अमेरिकी एसाइलम अप्वाइन्टमेन्टहरु अब अनलाइन एप मार्फत निर्धारित गर्न नसकिने भएको छ । लारेडोको सिमानामा रहेको मेक्सिकोको सहर नुभो लारेडोमा आप्रवासीहरूका लागि अधिकारकर्मीहरुलाई अमेरिकी कन्सुलर अधिकारीले एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित गरेको बारे जानकारी दिएका थिए ।

उक्त जानकारीमा एसाइलमका अप्वाइन्टमेन्टहरु स्थगित गर्नुको कुनै कारण भने उल्लेख गरिएको थिएन । अब अप्वाइन्टमेन्टको लागि सीबीपी वानमा लारेडोलाई सूचीबद्ध गरिएको छैन । मेक्सिकोमा आएका आप्रवासीहरुले सीबीपी वानमार्फत अप्वाइन्टमेन्ट लिनसक्ने व्यवस्था रहेको छ । नुएभो लारेडो लामो समयदेखि आप्रवासीहरूको व्यापक अपहरण र जबरजस्तीका लागि कुख्यात रहेको छ।

सीबीपी वानबाट लिइने अप्वाइन्टमेन्टहरु अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिना लागु गरेको सीमा प्रणालीको एक प्रमुख भाग हो । टाइटल ४२ समाप्त भएपछि यो एपबाट अप्वाइन्टमेन्ट लिएरमात्र आप्रवासीहरु सिमाक्षेत्रबाट विनाभिसा अमेरिका आउन र एसाइलमका लागि योग्य हुनसक्छन् । अन्यथा बाटोमा पर्ने देशमा एसाइलम आवेदन दिएर अस्वीकृत भएको प्रमाण आवश्यक पर्छ ।

अधिकारकर्मीहरु र केही डेमोक्र्याटहरूले आप्रवासीहरूलाई उत्तरी मेक्सिकोमा खतरनाक परिस्थितिहरूमा पर्खन बाध्य पार्न नहुने बताउदै आएका छन् । विशेष गरी सीबीपी वान एपमार्फत प्रति दिन उपलब्ध अपोइन्टमेन्टहरू १२५० को हाराहामारीमा छन् ।

न्यूभो लारेडोमा आपराधिक समूहहरूले पोर्ट अफ इन्ट्रीमा जाने आप्रवासीहरूबाट रकम भुक्तानी माग गरेको रिपोर्ट आएका थिए । जसमा सीबीपी वनमा अपोइन्टमेन्ट लिएर जानेहरुबाट समेत आपराधिक समुहले रकम भुक्तानी मागेको जनाइएको छ । अपराधीहरूले प्रति व्यक्ति ५ सय डलर माग गरेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com