डाका र टीपीएसवाहक लगायत कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने द्वीदलीय बिल ल्याइने


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

रिपब्लिकन नेतृत्वको हाउस होमल्याण्ड सेक्युरिटी कमिटीले बुधबार सीमा सुरक्षाको बारेमा सुनुवाइ गर्ने क्रममा तल्लो सदनका द्विदलीय सांसदहरूको समूहले लाखौं कागजपत्रविहिन आप्रवासीहरूलाई ग्रिनकार्ड र नागरिकताको लागि कानुनी मार्ग प्रदान गर्ने प्रयासहरू पुन सुरु गर्ने तयारी गरिरहेको बताएका छन् । दुबै पक्षका सांसदहरूको समूहले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर ड्रीम एन्ड प्रमिस ऐन पुन पेश गर्ने घोषणा गर्ने भएका छन् ।

बालबालिकाको रूपमा अमेरिका ल्याइएका कागजातविहीन आप्रवासीहरूका लागि नागरिकताको मार्ग सिर्जना गर्ने उद्देश्यले बनेको विधेयकमा टेम्पोररी प्रोटेक्टेड स्टेटस भएकाहरूका लागि प्रावधानहरू पनि समावेश छन्। ड्रिमरहरु शान्तिमा बाँच्न र निर्वासनको डर बिना अमेरिकामा योगदान गर्न जारी राख्न योग्य भएको क्यालिफोर्नियाका सांसद लु कोरियाले बताएका छन् ।

अमेरिकामा डाका प्राप्तकर्ताहरूको सबैभन्दा ठूलो जनसङ्ख्याको प्रतिनिधिको रूपमा सहकर्मीहरूसँग उभिन पाउँदा अविश्वसनीय रूपमा गौरवान्वित रहेको बताउदै उनले ड्रिमरहरुलाई बचाउने वाचा पूरा गर्नको लागि यो द्विपक्षीय बिल पुन ल्याउन गर्व गर्ने उनले बताए । यो विधेयक गत काङ्ग्रेसमा तत्कालीन क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद लुसिल रोयबलले पेस गरेका थिए । तर उनी अन्तिम कार्यकालको अन्त्यमा सेवानिवृत्त भए। बिल २०२१ मा केही रिपब्लिकन समर्थनको साथ सदनबाट पारित भएको थियो तर सिनेटको समितिमा मृत भयो ।

यो ऐनले ड्रिमरहरुलाई १० वर्षको लागि सशर्त स्थायी बासिन्दाको स्थिति प्रदान गर्नेछ । यदि उनीहरु जनवरी १, २०२१ मा वा अघिदेखि अमेरिकामा लगातार शारीरिक रूपमा उपस्थित छन् भने उनीहरुलाई देशनिकालाको कारवाही रद्द गरेर ग्रिनकार्डको बाटोमा लगिनेछ । अमेरिकन ड्रीम एन्ड प्रोमिस एक्ले यो देश निर्माण गर्ने आप्रवासी पुर्खाहरूको भावनालाई सम्मान गर्ने अवसरको प्रतिनिधित्व गर्ने क्यालिफोर्नियाका रिपब्लिकन सांसद जोन डुआर्टेले बताएका छन् । उनले यो बिलको सह नेतृत्व गरेका छन् ।

विधेयकले पूर्ण वैधानिक स्थायी बासिन्दाको हैसियत प्राप्त गर्नका लागि ड्रिमरहरुले उच्च शिक्षामा भाग लिनुपर्ने र डिग्री हासिल गर्नुपर्ने वा स्नातक वा उच्च डिग्री कार्यक्रम वा क्षेत्रमा कम्तिमा दुई वर्ष राम्रो स्थितिमा पूरा गर्नुपर्ने वा अमेरिकामा एक पोस्ट सेकेन्डरी स्तरमा क्यारियर र प्राविधिक शिक्षा कार्यक्रम गर्नुपर्ने व्यवस्था गरेको छ। तिनीहरूले दुई वर्षको सैन्य सेवा पनि पूरा गर्न सक्छन् वा योग्य हुनको लागि रोजगारीको बलियो रेकर्ड प्रमाणित गर्न सक्छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com