न्युयोर्कको लङ आईल्याण्डमा फहराइयो नेपाली झण्डा


प्रकाशित मिति : असार १, २०८० शुक्रबार

नेपालीहरुको उल्लेख्य वसोवास रहेको न्युयोर्कको लङ आईल्याण्डको हेम्पस्टेटमा नेपालको झण्डा फहराइएको छ । नेपाली समुदायको उपस्थीति रहेको कार्यक्रममा टाउन सुपरभाईजर डोन केल्भिन र र कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णु प्रसाद गौतमले संयुक्त रूपमा नेपालको चन्द्र सूर्य अंकित रास्ट्रिय झण्डा फहराएका हुन् ।

कार्यक्रममा हेम्पस्टेट टाउन सुपरभाईजर डोन केल्भिन, कम्युनिटी अफेयर्स कार्यकारी निर्देशक जाहिद शयद, कार्यवाहक महावणिज्यदूत बिष्णु गौतम, कानुन व्यवसायी खगेन्द जीसीलाई नेपाली टोपी , खादा लगाएर लङ आईल्याण्ड नेपाली समाजका अध्यक्ष बसन्त चाँपागाई, महासचिव बावुराम शर्मा लगायतले स्वागत गरेका थिए ।

सामाजिक अगुवा वेदप्रसाद खरेलको सकृयतामा हेम्पस्टेट टाउन र लङ आईल्याण्ड नेपाली समाज ले संयुक्त रूपमा नेपाली झण्डा फहराउने कार्यक्रम गरेका हुन् । कार्यक्रममा निशा शर्मा र सृष्टि पौडेलले नेपाली राष्ट्रिय गान , हिमाल श्रेष्ठ र प्रकृति पौडेलले अमेरिकी राष्ट्रिय गान एवं सुस्मिता पुरीले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा टाउन सुपरभाईजर डोन केल्भिनले आफू यसरी नेपाली समुदायसँग जोडिन पाएकोमा खुशी लागेको बताए । उनले आगामी दिनमा नेपाली समुदायको हितका लागि लागि काम गर्न तत्पर रहेको बताएका छन् । कार्यवाहक महावाणिज्यदूत गौतमले नेपाली एकताको प्रतिकका रुपमा नेपालको झण्डा फहराएर नेपाल र नेपालीप्रति सम्मान गरेकोमा हेम्पस्टेट महानगरलाई धन्यवाद दिए ।

कानुन व्यवसायी खगेन्द्र जिसीले अमेरिकाको महानगरमा नेपाली झण्डा फहराउनु ऐतिहासिक आर्जन भएको र यसलाई नेपालीजनले गौरव गर्नु पर्ने वताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com