भिसाबारे अमेरिकी दुतावास काठमाडौंमा कार्यरत सुरक्षा सेवाका स्पेसल एजेन्टका तीन सुझाव


प्रकाशित मिति : असार ७, २०८० बिहीबार

अमेरिकी भिसाको लागि आवेदन दिँदा के गर्ने र नगर्ने भन्ने विषयबारे अमेरिकी दुतावासमा कार्यरत सुरक्षा सेवाका स्पेसल एजेन्टको तीन सल्लाहसहितको भिडियो अमेरिकी दूतावास काठमाडौंले जारी गरेको छ । उनले उक्त भिडियोमा अमेरिकी भिसा लिंदा के कुराबाट टाढा रहनुपर्छ भन्ने विषयमा सुझावहरु दिएका छन् । उनले भिडियोमार्फत दिएका सुझावहरु यस्ता छन् :

पहिलो, भिसा अमेरिकी कन्सुलर अधिकारीहरुलेमात्र दिन सक्छन् । नेपालमा सबैभन्दा बढी हुने ठगीको घटना खराब व्यक्तिहरुले नेपालीहरुसँग रकम लिएर उनीहरुलाई ग्यारेन्टीका साथ भिसा दिलाइदिने आश्वासनका साथ ठगी गर्छन् । तपाईसँग कसैले चर्को शुल्क मागेमा वा ग्यारेन्टीका साथ भिसा पाउने आश्वासन दिएमा त्यस्तो व्यक्तिसँग सावधान रहनुहोस् । धेरैजसो अवस्थामा त्यस्ता व्यक्तिहरु तपाईसँग रकम ठगेर भाग्न चाहन्छन् । सत्य कुरा के हो भने सबै प्रकारका भिसा शुल्कहरुको सुची र भिसा प्रकृयाको सहजीकरणका लागि मद्दत गर्ने संस्थाहरुको नामावली अमेरिकी दूतावासको वेवसाइटमा राखिएको छ ।

दोश्रो, धेरै कन्सल्टेन्सीहरुले भिसा आवेदकलाई भिसा पाउनका लागि भिसा अन्तरवार्ताका क्रममा इमान्दार बनेर बोल्न नहुने सुझाव दिने गर्छन् । तर तपाईले झुठ बोल्नभएमा वा झुठ र छलको सहारामा भिसा अधिकारीलाई भिसा जारी गर्न बहकाउने प्रयास गरेमा तपाई भविश्यमा सधैका लागि भिसा पाउन अयोग्य बन्नुहुनेछ । सत्यकुरा के हो भने तपाई इमान्दार बन्नुपर्छ । झुठो नबोल्नुहोस् र नक्कली कागजात पेश नगर्नुहोस् । यस्तो कार्य नेपालमा गैरकानुनी हो भने तपाईमाथि मुद्दा चल्नसक्छ ।

तेश्रो, भिसा अमेरिकी नियम कानुन अनुशार मात्र दिइन्छ । त्यसैले अर्कोपटक तपाई भिसा अन्तरवार्ताका लागि जाँदा कन्सुलर अधिकारीको उद्देश्य अमेरिकाको तपाईको बैध यात्रालाई सहज बनाउनु रहेको कुरा बुझ्नुपर्छ । शिष्ट हुनुहोस् । हाम्रा कर्मचारीहरुविरुद्धका सबै डर, धाक र धम्कीका घटनाबारे प्रहरीलाई खबर गरिनेछ ।

भिडियो यहाँ हेर्न सक्नुहुनेछ : 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com