एक सातादेखि बेपत्ता म्यासाचुसेट्सकी महिला ३ दिनदेखि हिलोमा फसेको अवस्थामा जीवितै फेला


प्रकाशित मिति : असार १९, २०८० मंगलबार

एक सातादेखि बेपत्ता म्यासाचुसेट्सकी एक महिला स्टेट पार्कमा हिलोमा फसेको अवस्थामा फेला परेकी छिन् । उनी सोमबार राज्यको पार्कमा हिलोमा फसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

३१ वर्षीया एम्मा टेटेव्स्की जुन २६ मा दिउँसोको समयमा बेपत्ता भएकी थिइन् । उनी स्टफटनको पाइनवुड पोन्ड र शेरोनको लेक मासापोग भ्रमण गर्न जान लागेको बेला बेपत्ता भएकी हुन् ।

सोमबार टेटेव्स्कीलाई बोस्टनबाट ३० माईल दक्षिणमा नजिकैको बोर्डरल्याण्ड स्टेट पार्कमा भेटिएको थियो । हाइकर्सहरूले दलदल जस्तो क्षेत्रमा मद्दतको लागि एउटी महिला चिच्याइरहेको सुनेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । उनीहरू पैदलै उनीसम्म पुग्न नसकेकाले उनीहरूले मद्दतको लागि अधिकारीहरूलाई बोलाएका थिए ।

जब अधिकारीहरू आइपुगे तिनीहरूले टेटेव्स्की बोलेको त सुने, तर उनलाई देख्न भने सकेनन्। तीन अफिसरहरू तटबाट ५० फिट टाढा बाक्लो ब्रश र दलदलको माध्यमबाट टेटेव्स्कीसम्म पुग्न सफल भएका थिए ।

उनी कम्तिमा तीन दिनदेखि हिलोमा फसेको हुनसक्ने प्रहरीले जनाएको छ । एटीभीको प्रयोग गरेर प्रहरी एम्मा भएको स्थानमा पुग्न र उनलाई मुक्त गर्न उद्धार प्रयासहरू गरेका थिए । किनभने उनी धेरै दिनदेखि हिलोमा फसेकी थिइन् । उनी होसमा र सतर्क थिइन् तर गम्भीर चोट लागेको थियो । उनको ज्यान भने जोखिममा नरहेको प्रहरीले जनाएको छ । उनलाई स्थानीय अस्पताल लगिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com