न्युयोर्कको म्यानहटनमा डबल डेकर र सिटी बस एक आपसमा ठोक्किएपछि ३२ जना अस्पताल भर्ना
प्रकाशित मिति : असार २२, २०८० शुक्रबार
बिहीबार राति म्यानहटनमा एक डबल डेकर र सिटी बस दुर्घटना हुँदा ३२ जनालाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् । किप्स बे नजिकको ईस्ट २३ स्ट्रीट र फर्स्ट एभिन्यूमा बेलुका ७ बजेतिर यो दुर्घटना भएको न्युयोर्क फायर डिपार्टमेन्टको डिभिजन १ इकाईका उपप्रमुख केभिन मर्फीले बिहीबार राति पत्रकार सम्मेलनमा बताएका छन् ।
घाइते यात्रुहरूलाई अस्पतालमा लगिएको थियो भने कसैलाई पनि जीवनजोखिम हुने चोटपटक थिएन । ६७ जना अन्य व्यक्तिको घटनास्थलमा डाक्टरद्वारा स्वास्थ्य मूल्याङ्कन गरिएको थियो । घाइतेहरुलाई टाउको र घाँटीमा चोट लागेको थियो भने शरीरका अन्य भागमा समेत घाउ लागेको थियो। अस्पताल लगिएका यात्रुमध्ये एकजना डबल डेकर बसका चालक थिए।
शुक्रबार बिहान न्युयोर्क फायर डिपार्टमेन्टले ट्वीटरमा एक अपडेट शेयर गर्दै दुर्घटनापछि कुल ३२ जनालाई अस्पताल लगिएको पुष्टी गरेको हो । डबल डेकरबसबाट घाइते यात्रुहरुलाई बाहिर निकाल्नका लागि केही चुनौतिको समेत सामना गर्नुपरेको थियो । पर्यटक बसले रातो बत्ती बालेको र सिटीको बसलाई टी बोन्ड गरेको जस्तो न्युयोर्क सिटी ट्रान्जिटले जनाएको छ । यो प्रभाव लगभग भूकम्प जस्तै महसुस भएको र पूरै बस हल्लिरहेको सिटी बसमा सवार एक यात्रुले बताए ।
सबै फोटो: न्युयोर्क फायर डिपार्टमेन्ट