न्युयोर्कको क्वीन्समा तीनजनामाथि गोली प्रहार, ८६ बर्षका पुरुषको मृत्यु, २ जना गम्भिर घाइते
प्रकाशित मिति : असार २३, २०८० शनिबार
शनिबार न्युयोर्कको क्वीन्समा गोली चल्दा ८६ बर्षका पुरुषको मृत्यु भएको छ । ६१, ६३ र ८६ बर्षका पुरुषमाथि श्रृंखलावद्ध रुपमा पछाडिबाट गोली हानिएको छ । आक्रमणमा एकजनाको मृत्यु भएको छ भने अर्का व्यक्ति बाँच्ने सम्भावना कम रहेको अधिकारीहरुले बताएका छन् । तेस्रो व्यक्ति पनि गम्भीर घाइते भएका छन् ।
प्रहरीले बिहान साढे ११ बजे १०८ औं स्ट्रिट नजिक जमैका एभिन्यूमा ८६ वर्षीय पुरुषलाई पछाडिबाट धेरै पटक गोली हानिएको फोनकलहरु प्राप्त गरेको थियो ।
आकस्मिक उद्धारकर्मीले उनलाई घटनास्थलमै मृत घोषणा गरेका थिए ।
दोस्रो पीडित एक ६३ वर्षीय पुरुषलाई १३४ औं स्ट्रीट नजिकै जमैका एभिन्यूमा धेरै पटक गोली प्रहार गरिएको थियो। जुन पहिलो घटना भएको स्थानबाट लगभग १५ मिनेटको दुरीमा छ । पहिलो फोन गरेको नौ मिनेटपछि बिहान ११ बजेर ३७ मिनेटमा प्रहरीलाई त्यो रिपोर्ट प्राप्त भएको थियो । प्रहरीका अनुसार उनी बाँच्न सक्छन् ।
तेस्रो पीडित एक ६१ वर्षीय पुरुषलाई १७३ औं स्ट्रीट नजिकै हिलसाइड एभिन्यूमा पछाडिबाट धेरै पटक गोली हानिएको थियो । दोस्रो घटना भएको लगभग १० मिनेट ड्राइभको दूरीमा तेश्रो घटना भएको हो । प्रहरीले ११ बजेर ४० मिनेटमा तेश्रो घटनाबारे जानकारी पाएको थियो । पीडितको आक्रमणबाट बच्ने सम्भावना नरहेको प्रहरीले बताएको छ।
प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको छ।