एसाइलम खोज्दै न्युयोर्क आएका आप्रवासीहरुलाई साइकल उपहार
प्रकाशित मिति : असार २४, २०८० आईतबार
शनिबार नयाँ आप्रवासी सामुदायिक सशक्तीकरणले शरण खोज्नेहरूका लागि साइकल वितरण गर्नुका साथै यातायातबारे जानकारी दिने कार्यक्रम गरेको छ । शहरमा आउने नयाँ जनसंख्यालाई मद्दत गर्न न्युयोर्कवासीहरूलाई प्रयोग नगरिएका साइकलहरु दान गर्न आग्रह गरेको र ती साइकलहरु वितरण गरिएको आयोजकले जनाएका छन् ।
क्वीन्सको ज्याक्सन हाइट्समा बाइक न्यूयोर्क र न्युयोर्क सिटी मेयरको आप्रवासी मामिलाबीचको साझेदारीमा कार्यक्रम गरिएको हो । यताउता जान सक्षम हुनका लागि साइकल धेरै महत्त्वपूर्ण रहेको शरण खोज्ने आप्रवासीहरुले बताएका छन् । उनीहरुले साइकल उपहार पाएकोमा खुशी व्यक्ति गर्दै न्युयोर्क सिटी र अमेरिकाले मद्दत गरिरहेकोमा सबैप्रति आभारी व्यक्त गरेका छन् ।
न्युयोर्क सिटीमा शरण खोज्दै आइपुगेकाहरु कतिपय एकजोर लुगाए लगाएरमात्र न्युयोर्क सिटी आइपुगेका थिए । साइकल पाउदा अब उनीहरुसँग घुम्नको लागि साधन मिलेको छ । साइकल हुनु भनेको जागिर खोज्न, काममा जान, मेडिकल अपोइन्टमेन्टमा जान, वकिल भेट्न जान, बच्चाहरू लिन जान सहज हुनु रहेको नयाँ आप्रवासी सामुदायिक सशक्तीकरण नाइसले जनाएको छ ।
यातायात विभागले २ सय भिजन जिरो हेल्मेट पनि हस्तान्तरण गरेको छ । अधिकारीहरूले समरमा थप बाइकहरू वितरण गर्ने अपेक्षा गरेका छन् ।