अमेरिकामा नवजात शिशुलाई अस्पतालमा रद्दीको टोकरीमा मिल्काउने टिनएजरविरुद्ध हत्या अभियोग


प्रकाशित मिति : असार २४, २०८० आईतबार

अमेरिकाको न्यु मेक्सिको राज्यकी एक १९ वर्षीया युवतीलाई आफ्नो नवजात छोराको शव अस्पतालको बाथरूममा फोहोरमा फालेको आरोप लागेको छ । १९ वर्षीया एलेक्सी ट्रेभिजोलाई आर्टेसिया जनरल अस्पतालको शौचालयमा बच्चा जन्माएपछि फोहोरमा मिल्काएको भन्दै पहिलो डिग्री हत्या र प्रमाणसँग छेडछाड गरेको अभियोग लगाइएको छ ।

ट्रेभिजोले आफू गर्भवती भएको अस्वीकार गर्दै आफ्नो वजन जन्म नियन्त्रण चक्कीहरूका कारण बढेको बताउदै आएकी थिइन् । तर उनका केही सहपाठीहरूका अनुशार उनले आफ्ना केही साथीहरूलाई आफू वास्तवमै गर्भवती भएको कुरा बताएकी थिइन् ।

woman in gold dress holding sword figurine

अस्पतालका कर्मचारीहरूले सुरुमा ट्रेभिजोले शौचालयमा आफैलाई हानि पुऱ्याउन खोजेको आशंका गरेका थिए । तर नवजात शिशुको शव रद्दीको टोकरीको फेदमा रहेको झोलामा फेला परेपछि उनले आफूलाई नभई बच्चालाई हानी गरेको पुष्टी भएको हो ।

उनले बच्चाको लागि नाम पनि छानेको र बच्चाको नाम एलेक्स राख्ने तय गरेको संचारमाध्यमहरुले जनाएका छन् । उनलाई एकहजार डलर धरौटीमा रिहा गरिएको छ । सेप्टेम्बर ११ मा अदालतमा पूर्व परीक्षण सुनुवाइ हुने तय भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com