४२९ यात्रु बोकेको ब्रिटिश एयरवेजको विमानमा आगोको गन्धपछि आपतकालिन अवतरण


प्रकाशित मिति : असार ३१, २०८० आईतबार

white and blue airplane under white clouds during daytime

४२९ जना यात्रु बोकेको ब्रिटिश एयरवेजको विमानको क्याबिनमा आगोको गन्ध आएपछि फर्काएर आपतकालीन अवतरण गरिएको छ । उडान ५६ ओआरबाट उडेको थियो । दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित ओआर ट्याम्बो एयरपोर्टबाट लन्डन हिथ्रो एयरपोर्टका लागि उडेको उडान ५६ केही मिनेटमै फर्किएको थियो।

चालक दलले केबिन र ककपिटमा धुवाँ भएको रिपोर्ट गरेपछि यसको उडान रोकेको थियो। केबिन चालकहरूले चक्कर र वाकवाकीको बारेमा गुनासो गरेका थिए ।
त्यसपछि उक्त डबल डेकर विमान उडेको ३५ मिनेटपछि जोहानेसबर्ग फर्किएको थियो ।

white and red plane on the sky

केबिनमा धुवाँ देखा परेपछि विमानले आपतकालीन हार्ड ल्यान्डिङ गरेको जनाइएको छ । यात्रुहरूलाई तुरुन्तै अवतरणको लागि तयार रहन भनिएको थियो भने अक्सिजन सकिएपछि केबिन धेरै तातो हुन थालेको थियो । यात्रुहरुले घटनालाई डरलाग्दो भएको बताएका छन् ।

विमान जोहानेसबर्गमा अवतरण गरेपछि आपतकालीन टोलीले चेकजाँच गरेका थिए । विमान अन्ततः अर्को दिन हिथ्रोको लागि फेरि प्रस्थान गरेको जनाइएको छ । पाइलटहरू सानो प्राविधिक समस्याका कारण सावधानीका रूपमा जोहानेसबर्ग फर्केका र विमान सामान्य रूपमा अवतरण भएको एयरलाइन्सले जनाएको छ । ग्राहकहरूसँग एयरलाइन्सले यात्रामा अवरोध भएकोमा माफी मागेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com