न्युयोर्क आउँदै गरेको डेल्टाको विमान मौषमले क्षतिग्रस्त भएपछि रोम डाइभर्ट


प्रकाशित मिति : श्रावण ८, २०८० सोमबार

Delta Air blue and white Delta airplane at flight

इटलीको मिलानबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थलका लागि उडेको डेल्टा एयरलाइन्सको विमान उडानको केही समयपछि नराम्ररी क्षतिग्रस्त भएपछि सोमबार रोम तर्फ मोडिएको छ । यात्रुहरूले पोस्ट गरेका तस्बिरहरूमा विमानलाई असिनाले हानेपछि नोज कोन र पखेटामा प्वालहरू परेको देखिएको छ ।

उक्त विमानमा २ सय १५ यात्रु, तीन पाइलट र आठ उडान कर्मचारी थिए। उडान भरेको १५ मिनेटपछि नै विमानमा चरम टर्बुलेन्स आएको थियो । सामान्य टेकअफ पछि हावामा प्रवेश गरेलगत्तै यात्रुहरुले गम्भीर हलचलको सामना गरेका थिए ।

यात्रुहरुले पहिले कहिल्यै नसुनेको आवाज सुनेको बताएका छन् । विमानको छतमा ठूला ठूला असिना परिरहेको थियो भने झ्यालबाट बाहिर हेर्दा पखेटा भाँच्चिन लागेजस्तो गरी भयानक रूपमा हल्लिरहेको थियो । यात्रुहरुले विमानमा चट्याङ परेको जस्तै देखेको बताएका छन् । विमानको हलचल रोलर कोस्टर सवारी जस्तै भएको यात्रुहरुले बताए ।

airplanes window view of sky during golden hour
Photo by Eva Darron

विमानको नोज पन्च बाहिरिएको थियो । जसका कारण नेभिगेसन प्रणालीलाई हानि गरेको हुनसक्ने बताइएको छ । विमानको दुवै इन्जिनमा क्षति पुगेको, एउटामा प्वाल परेको र दुवै पखेटामा क्षति पुगेको बताइएको छ ।

उडानले १८५ मिलानबाट न्यूयोर्क प्रस्थानको केही समयपछि मौसम सम्बन्धी समस्याको अनुभव गरेपछि रोम तर्फ डाइभर्ट गरिएको डेल्टाले जनाएको छ । उडान सुरक्षित रूपमा रोममा अवतरण गरिएको र यात्रुहरू सामान्य रूपमा उडानमा रहेको डेल्टाले जनाएको छ ।

मर्मतका कर्मचारीहरूले विमानको विस्तृत मूल्याङ्कन गरिरहेको जनाइएको छ । ग्राहकको यात्रमा ढिलो भएकोमा डेल्टाले माफी मागेको छ । यात्रुहरुको सुरक्षा आफूहरुको सर्वोच्च प्राथमिकता रहेको डेल्टाको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com