न्युयोर्कको म्यानहटनमा चोरेको गाडीले पैदलयात्रीमाथि जोत्दा १० घाइते, तीनवटा कारमा ठक्कर
प्रकाशित मिति : श्रावण १६, २०८० मंगलबार
चोरीको गाडी चलाएर भाग्ने क्रममा एक व्यक्तिले मंगलबार न्युयोर्क सिटीको म्यानहटनमा गाडी लगेर पैदलयात्रीमाथि जोत्दा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा २ जना बालबालिकाहरु समेत रहेका छन् । प्रहरीबाट भाग्ने क्रममा उक्त व्यक्तिले तीनवटा कारमा समेत लगेर जोतेको थियो ।
प्रहरीका अनुसार बेलुका साढे ५ बजेतिर थर्ड एभिन्यू र ४३ स्ट्रिटमा चोरी भएको गाढा रङको एसयूभीलाई प्रहरीले रोक्न खोज्दा सुरु भएको हिंसामा दुई बालबालिका सहित दस जना घाइते भएका हुन् । भारी ट्राफिकको कारण प्रहरीले भागेको कारलाई कम गतिमा पछ्याएका थिए ।
फुटपाथमा गाडी चढाएर धेरै पैदल यात्रीहरूलाई हान्नु अगाडि उक्त व्यक्तिले पहेंलो ट्याक्सीमा गाडी ठोक्काएको थियो । त्यसपछि उसले भीडभाड भएको ४२ औं एभिन्यू चौराहमा यूटर्न लिएको थियो । त्यसपछि एकतर्फी सडकमा गाडी चलाएको थियो ।
ड्राइभरले अन्ततः कालो सेडानसँग टक्कर दियो, कारको पीछा समाप्त भयो। त्यसपछि चालक एसयूभीबाट बाहिर निस्केर भाग्न खोजेको थियो । त्यसपछि सर्वसाधारणले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । प्रहरी नआउँदासम्म सर्वसाधारणले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।
प्रहरीले हिराशतमा लिने क्रममा उक्त व्यक्तिले प्रहरीलाई समेत टाढा धकेल्ने प्रयास गरेको थियो । घटनामा संलग्न एक महिला त्यहाबाट भागेको र फरार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक ६ वर्षीय र एक १० वर्षीय बालकको उपचार भइरहेको छ । सबैभन्दा वृद्ध पीडित ७२ वर्षका हुन्। कसैलाई पनि जीवनकै जोखिम हुने चोटपटक लागेको छैन ।
सबैभन्दा गम्भिर घाउ हुनेको घुँडा भाँचिएको थियो, जबकि धेरै जसो सानो घाउ, घाँटी र ढाड दुखाइ थियो। ती मध्ये केही घाइतेहरू उद्दारकर्मी नआउन्जेल सडकमा पल्टेका थिए ।