न्युयोर्कको क्वीन्समा लङ आइल्याण्ड रेल रोड ट्रेनका आठवटा डिब्बा लिकबाहिर, कम्तीमा १० घाइते


प्रकाशित मिति : श्रावण १८, २०८० बिहीबार

बिहीबार बिहान क्वीन्समा लङ आइल्याण्ड रेल रोडको रेल लिकबाट खसेपछि कम्तीमा १० जना घाइते भएका छन् । फायर डिपार्टमेन्ट अफ न्युयोर्कका अनुशार जमैका स्टेशनको पूर्व १७५ स्ट्रीट र ९५ एभिन्यूमा विहान ११ बजे पछि रेलका आठवटा कार लिकबाट खसेका थिए ।

घटनामा घाइते १० जनाको अवस्था भने गम्भिर नभएको जनाइएको छ । एमटीएले यात्रुहरूलाई जमैका स्टेसनमा लैजानको लागि उद्धार ट्रेन ल्याएको थियो । आपतकालिन टोलीले घटनास्थलमा घाइतेहरुको उपचार गरेको छ ।

लङ आइल्याण्ड रेल रोडले जमैकाको पूर्वमा असक्षम भएको ट्रेनको कारण पूर्वतर्फ जाने रेलहरू हिलसाइड, होलिस र क्वीन्स भिलेजलाई बाइपास गरिरहेको बताएको छ ।
न्युयोर्क सिटी ट्रान्जिटले जमैका र क्वीन्स भिलेज बीचको सेवाको लागि चारवटा बसहरुमार्फत सेवा दिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com