ट्रम्पविरुद्धको चुनावी हस्तक्षेप मुद्दामा अर्को सुनुवाई अगस्ट २८ मा, दोषी कवुल गर्न अस्वीकार


प्रकाशित मिति : श्रावण १८, २०८० बिहीबार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतीय चुनावलाई उल्टाउने प्रयासपछिको सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसदमा भएको हमलासँग सम्बन्धित मुद्दामा वाशिंगटन, डीसीको अमेरिकी डिस्ट्रिक्ट कोर्टमा उपस्थीत गराइएको छ । उनलाई म्याजिस्ट्रेट न्यायाधीश मोक्सिला उपाध्याय समक्ष पेश गरिएकोमा ट्रम्पले दोषी कवुल गरेनन् । आजको अदालती प्रकृया झण्डै २७ मिनेट चलेको थियो ।

मुद्दामा अर्को सुनुवाईका लागि अगस्त २८ को मिति तय भएको छ । तीनवटा मितिको विकल्पको ट्रम्पको टिमले अगस्त २८ को मिति रोजेपछि अर्को सुनुवाई उक्त दिन विहान १० बजे हुने भएको छ । ट्रम्पलाई एक वकिल मार्फत बाहेक मुद्दामा साक्षी कसैसँग कुराकानी गर्न अनुमति नदिने शर्तसहित रिहा गरिएको छ । ट्रम्पले उक्त शर्त स्वीकार गर्दै कागजमा हस्ताक्षर समेत गरेका छन् ।

ट्रम्पविरुद्ध अमेरिकालाई धोका दिने षड्यन्त्र गरेको, एउटा औपचारिक प्रक्रिया रोक्ने षड्यन्त्र गरेको, एउटा औपचारिक प्रक्रियामा अवरोध गरेको, नागरिक अधिकारहरूविरुद्ध षड्यन्त्र गरेको र अधिकार विरुद्धको षड्यन्त्र गरेको अभियोग छ ।

पहिलो अभियोग मत सङ्कलन, गणना र प्रमाणीकरणमा बाधा पुर्‍याउन गरिएको कथित प्रयाससँग सम्बन्धित छ। दोस्रो र तेस्रो अभियोग ज्यानुअरी ६ मा अमेरिकी कङ्ग्रेसमा सङ्कलन भएको इलेक्टोरल कलेजका मत प्रमाणीकरणमा बाधा पुर्‍याउने कथित प्रयाससँग सम्बन्धित छन्। त्यहाँको घटनाक्रमले दङ्गाको रूप लिएको थियो। चौथो अभियोग नागरिकको मताधिकारमा हस्तक्षेप गर्ने र उनीहरूको मत गन्ने कथित प्रयासको बारेमा छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com