अमेरिकामा मेगा मिलियन्स मोटाएर १.३५ बिलियन, आज खोलिदै, यी हुन् धेरैपटक जित्ने नम्बर
प्रकाशित मिति : श्रावण १९, २०८० शुक्रबार
अमेरिकामा आज खोलिने मेगा मिलियन्स लोटरी १.३५ बिलियन नाघेको छ । मंगलबार रातिका सबै ६ नम्बरहरू कसैले पनि मिलाउन नसकेपछि अब यो ज्याकपट १.३५ बिलियन डलर भएको हो । विजेताले एकमुष्ठ नगद लिन चाहेमा ६५९ मिलियन प्राप्त गर्नेछन् । त्यसमा थप ट्याक्स काटिन्छ ।
मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।
यदि तपाईं मेगा मिलियन्स लटरी ज्याकपट जित्ने सपना देख्दै हुनुहुन्छ भने तपाईंले यो लोकप्रिय भाग्यशाली विजेता नम्बरहरूको सूची जाँच गर्न सक्नुहुन्छ। यद्यपि विज्ञहरूका अनुशार मेगा मिलियन्स लटरी बिनबाट बाहिर निस्कने प्रत्येक नम्बरको लागि चान्स ठ्याक्कै समान छन् ।
बिनमा बलहरूको निश्चित संख्या हुन्छ भने चयन प्रक्रिया रयाण्डम हुन्छ । तरपनि केही नम्बरहरु अन्य नम्बरहरू भन्दा धेरै पटक विजेता भएका छन् ।
गत पाँच वर्ष र तीन महिनामा मेगा मिलियन्स लटरी खेलमा ७० सेतो बलहरू मध्ये सबैभन्दा धेरै छानिएका १३ भाग्यशाली नम्बरहरू छन् । १४ नम्बर सबैभन्दा धेरै ५३ पटक छनौट भएको छ भने १७ नम्बर ५१ पटक छनौट भएको छ । १०, ३१ र ३८ नम्बर ४९ / ४९ पटक छनौट भएका छन् भने ३, ८ र ४६ नम्बर ४७/४७ पटक छनौट भएका छन् । त्यस्तै ४, ७, १५, २० र ६४ नम्बर ४६ /४६ पटक छनौट भएका छन् ।
मेगाबलमा पनि सबैभन्दा धेरै छनौटमा परेका केही नम्बरहरु छन् । २२ नम्बर ३२ पटक छनौट भएको छ भने ११ नम्बर २८ पटक छनौट भएको छ । ९ नम्बर २७ पटक छनौट भएको छ । १०, १८ र २४ नम्बर २५/२५ पटक छनौट भएका छन् । १३, १७, १९ र २५ नम्बरहरु पनि २४/२४ पटक छनौटमा परेका छन् ।
विगतका ५० वटा खेलमा ७० सेतो बलमध्ये ३८ नम्बर ९ पटक परेको छ भने १४, १५ र ४७ नम्बर ७ पटक परेका छन् । ५, १३, २५, २९, ३६, ५९ र ६४ नम्बर पनि ६ /६ पटक परेका छन् । त्यस्तै विगतका ५० वटा खेलमा मेगाबलमा १८ र २२ नम्बर ४/४ पटक परेका छन् भने ६, ७, ९, १३, १९, २१, २३ र २५ नम्बर तीन तीन पटक परेका छन् ।