अमेरिकामा धेरै पानी पिएर महिलाको मृत्यु, पानीको विषाक्तता के हो?
प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार
अमेरिकाको इण्डियाना राज्यकी एक आमाको परिवारले थोरै समयमै धेरै पानी पिउँदा उनको मृत्यु भएको बताएको छ । ३५ वर्षीया एश्ले समर्सको परिवारले पानीको विषाक्तताका कारण उनको मृत्यु भएको बताएको छ ।
उनका भाइ डेभन मिलरका अनुशार एश्लेलाई अस्पताल भर्ना गरिएको थियो भने उनको त्यतीबेला मस्तिष्क सुन्निएको थियो । उनले २० मिनेटभित्र ४ बोतल पानी पिएकी थिइन् । उनले आधा लिटरका ४ वटा बोतलमा रहेको पानी पिएको विश्वास गरिएको छ । अर्थात् उनले २० मिनेटमा झण्डै २ लिटर पानी पिएकी थिइन् ।
दिनभरमा पिउनुपर्ने झण्डै आधा ग्यालन पानी पिएकी उनको पानीको विषाक्तताका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । समर्स एक अंग दाता थिइन् । उनको मृत्युपछि पाँचवटा फरक फरक व्यक्तिलाई उनको मुटु, फोक्सो, कलेजो, मृगौला र हड्डीको लामो तन्तु दान गरिएको छ ।
पानीको विषाक्तता तब हुन्छ जब कसैले धेरै पानी धेरै छिटो पिउछ । मस्तिष्क कोशिकाहरू सहित कोशिकाहरूमा धेरै पानीले तिनीहरूलाई सुन्निने बनाउँछ । जब तपाईंको मस्तिष्क कोशिकाहरू फुल्छन् यसले तपाईंको मस्तिष्कमा दबाब सिर्जना गर्दछ जसले उच्च रक्तचाप र मुटुको चाल कम बनाउने चिकित्सकहरु बताउँछन् ।
एकैपटक धेरै पानी पिएमा सोडियम स्तर प्रभावित हुन सक्छ भने हाइपोनेट्रेमिया हुन सक्छ। सोडियम शरीरमा इलेक्ट्रोलाइट्सको स्रोत हो । त्यसैले यदि धेरै पानीको कारणले स्तर घट्यो भने यसले कोशिकाहरू बढार्न सक्छ । जसले बेहोस हुने, कोमामा पुराउने वा मृत्यु पनि निम्त्याउन सक्छ।
ओभरहाइड्रेसनका लक्षणहरूमा वाकवाकी र बान्ता, मस्तिष्कमा दबाबबाट टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन र मांसपेशी दुख्ने हुन सक्छ। यदि छिट्टै थाहा भएन भने पानीको विषाक्तताले बेहोस हुने र कोमामा पुराउने हुनसक्छ ।
नेशनल इन्स्टिच्युट अफ हेल्थले गरेको अनुसन्धान अनुसार पानीको विषाक्तता दुर्लभ छ तर खतरनाक छ । मायो क्लिनिकका अनुशार पुरुषहरूलाई दिनमा लगभग साढे १५ कप पानी चाहिन्छ र महिलाहरूलाई दिनको साढे ११ कप पानी चाहिन्छ। तर, सबैको शरीर फरक फरक हुने भएकाले यसको मात्रा कमवेशी हुनसक्छ ।
मायो क्लिनिकका अनुसार तापक्रम नियमन, जोर्नीहरू कुसन गर्ने र संवेदनशील तन्तुहरूको सुरक्षाका लागि पानी पिउदा धेरै फाइदाहरू छन्। पानी नहुँदा डिहाइड्रेसन हुन्छ जसले तपाईको उर्जा खेर जान सक्छ।