क्यानडामा ट्रकबाट घार खसेपछि जब ५० लाख मौरी भागे
प्रकाशित मिति : भाद्र १३, २०८० बुधबार
बुधबार क्यानडामा ट्रकबाट मौरीका घार खसेपछि ५० लाख मौरी भागेपछि टोरन्टो नजिकैको प्रहरीले चालकहरूलाई कारको झ्याल बन्द राख्न चेतावनी दिने अवस्था आयो । हल्टन क्षेत्रीय पुलिसले बुधबार बिहान सबा ६ बजे माहुरीको घार ट्रकबाट बर्लिंगटन, ओन्टारियोको सडकमा खसेको जानकारी पाएको थियो ।
आफूहरुलाई कसरी वा के भयो भन्ने वास्तवमा जानकारी नभएको तर विहान माहुरी भएका बाकसहरू ट्रेलरबाट चिप्लिएर सडकभरि फैलिएको प्रहरीले जनाएको छ । सडकमा धेरै क्रेटहरू रहेका थिए भने मौरीका बथान वरपर उडिरहेका थिए । माहुरीले घटनास्थलमा रहेका माहुरीपालकलाई समेत कैयनपटक चिलेका थिए ।
घटनापछि प्रहरीले चालकहरूलाई तिनीहरूको झ्यालहरू बन्द गर्न र पैदल यात्रुहरूलाई उक्त क्षेत्रबाट बच्न चेतावनी दिएको थियो । प्रहरीले सामाजिक सञ्जालमा सूचना जारी गरेको करिब एक घण्टापछि धेरै माहुरीपालकहरू सम्पर्कमा आएर सहयोगको प्रस्ताव राखेका थिए । झण्डै सात मौरीपालकहरू अन्ततः घटनास्थलमा आइपुगेका थिए ।
बिहान करिब सबा ९ बजेसम्म प्रहरीले ५० लाख मौरीमध्ये धेरैजसो सकुशल सङ्कलन गरेका थिए । उनीहरुले क्रेटहरू पनि सडकबाट बाहिर निकालिएका थिए । जम्मा नगरिएका माहुरीहरू आफैं फर्कनका लागि केही क्रेटहरू त्यही छोडिएका थिए।
यो माहुरीहरू परागकण सेवाको हिस्सा हुनसक्ने जनाइएको छ । जसमा किसानहरूले आफ्नो बालीलाई परागकण गर्न मद्दत गर्न माहुरीपालकहरू भाडामा लिएका हुन्छन् । गर्मीमा मौरीको एक कोलोनीमा करिब ५०,००० देखि ८०,००० माहुरीहरू हुन्छन् ।