अमेरिकाको कनेक्टिकटमा पार्किङ लटमा ५ हजार डलर भेट्टाएका व्यक्ति पक्राउ


प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार

a stack of money sitting on top of a white table

अमेरिकाको कनेक्टिकटका एक व्यक्तिले पार्किङ लटमा रहेको झण्डै ५,००० डलर नगद भएको एउटा झोला फेला पार्दा चिठ्ठा जितेको महसुस गरेका थिए । त्यसैले उनले त्यो रकम आफैसँग राख्ने निर्णय गरे। तर प्रहरीले उनीमाथि चोरीको आरोप लगाएको छ ।

ट्रम्बल पुलिसले झोलामा स्पष्ट रूपमा बैंकको चिन्ह लगाइएको र सोही बैंक बाहिर फेला परेको झोलामा सिटीको कर विभागको नगद रहेको पत्ता लगायो । नगदको सही मालिक ट्रम्बुल सिटी भएको पहिचान गर्ने धेरै कागजातहरू भित्र पनि रहेको पुलिसले बताएको छ ।

तर ट्रम्बलका ५६ वर्षीय रोबर्ट विथिङ्टनले आफूले पैसा नचोरेको र झोलाभित्र मालिक को हो भनेर देखाउने कुनै पनि कागजात भएको याद नगरेको दाबी गरेका छन् ।
यो योजनावद्ध जस्तो नरहेको र आफूले लोटरी जितेको जस्तो अवस्था रहेको उनले बताए ।

रकम मे ३० मा हराएको थियो। पुलिसका अनुशार ट्रम्बल कर कलेक्टरको कार्यालयका एक कर्मचारी नियमित कामकाजको समयमा जम्मा गर्न बैंकमा जाने क्रममा झोला हराएका थिए । त्यसपछि उक्त रकमको खोजी सुरु गरिएको थियो । स्थानीय व्यवसायहरूबाट धेरै सीसीटिभी भिडियोहरूको समीक्षा गरिएको थियो । अधिकारीहरुले झोला बैंक बाहिर खसेको र विथिङ्टनले उठाएको थाहा पाउनु अघि धेरै अन्तर्वार्ताहरू गरेका थिए ।

आफू पार्किङ स्थलमा बाहिर निस्कदा जमिनमा केही देखेको र वरपर कोही नभएकाले त्यसलाई उठाएको विथिङ्टनले बताएका छन् । आफूले गलत गरेको भए उक्त रकम फिर्ता दिने उल्लेख गर्दै उनले आफूलाई गलत गरिरहेको जस्तो नलागेको बताए ।

विथिंगटनसँग अन्तर्वार्ता उनले आफू त्यो दिन बैंकमा रहेको र झोला लिएको स्वीकार गरेको बताउदै प्रहरीले यो झोला यसको सही मालिकलाई फिर्ता दिने उनको कुनै मनासाय नरहेको दावी गरेको छ । कुकुर प्रशिक्षण व्यवसाय चलाउने विथिंगटनले आफ्नो विगतमा कुनै आपराधिक रेकर्ड नरहेको र उनका ग्राहकहरूले उनको निष्ठाको पुष्टि गर्न सक्ने बताएका छन् ।

उनलाई शुक्रबार तेस्रो डिग्री लुटपाटको आरोप लगाइएको थियो । जसको पुष्टी भएमा पाँच वर्ष जेल सजाय र ५ हजार डलरसम्म जरिवाना हुन सक्छ । उनी आगामी सेप्टेम्बर ५ मा अदालतमा हाजिर हुने शर्तमा रिहा भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com