गतसाता अमेरिकाबाट चार्टड विमानमार्फत देशनिकाला हुनेमा मेक्सिकोबाट आएका नेपाली समेत


प्रकाशित मिति : भाद्र १६, २०८० शनिबार

गतसाता अमेरिकाबाट चार्टड विमानमार्फत देशनिकाला गरिएकाहरुमा नेपालीहरु समेत अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले जनाएको छ । उनीहरुलाई २३ अगस्तमा अमेरिकाबाट देशनिकाला गरेर नेपाल फिर्ता पठाइएको हो । उनीहरुको मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्दा पक्राउ परेकाहरु हुन् ।

सीबीपी र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँगको सहकार्यमा चार्टड गरिएको विमानमा उनीहरुलाई देशनिकाला गरिएको आइसले जनाएको छ । उनीहरुलाई अमेरिकामा बस्नको लागि कानुनी आधार नभएका कारण देशनिकाला गरिएको आइसले जनाएको छ । विमानमा भारत, मध्य अमेरिका र कोलम्बियाका नागरिहरु समेत रहेका थिए ।

विमानमा कतिजना नेपाली नागरिकहरु थिए भन्नेबारे भने केही खुलाइएको छैन । आइस एयर अपरेसनहरूले आइसका फिल्ड अफिस र अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको सहकार्यमा व्यावसायिक एयरलाइन्स र चार्टर्ड उडानहरू मार्फत आप्रवासीहरुको देश निकाला गर्दै आएको छ । यसरी आर्थिक वर्ष २०२२ मा विश्वका १५० भन्दा बढी देशका ७२ हजार १ सय ७७ जनालाई देशनिकाला गरेर फिर्ता पठाइएको थियो ।

जसमध्ये नेपालीहरु २८ जना रहेका थिए । आर्थिक बर्ष २०२१ मा २३ जना र २०२० मा ९७ जना नेपालीहरुलाई अमेरिकाबाट आइसमार्फत यसरी नै देशनिकाला गरेर नेपाल फिर्ता पठाइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com