न्युयोर्कको क्वीन्स अष्टोरियामा २२ बर्षका युवा ट्रेनको अगाडि हामफालेपछि सेवा अवरुद्ध
प्रकाशित मिति : आश्विन १, २०८० सोमबार
न्युयोर्कको अष्टोरियामा सोमबार एकजना २२ बर्षका युवा सबवे स्टेशनमा ट्रेनको अगाडि हामफालेपछि ट्रेन सेवा झण्डै २ घण्टा अवरुद्ध भयो । ट्रेनले व्यक्तिलाई ठक्कर दिएको कारण देखाउदै एन र डब्ल्यु ट्रेनसेवा म्यानहटन र क्वीन्सको बीचमा अवरुद्ध भएको थियो । पछि प्रहरी अधिकारीहरूले अवस्था अलि कम गम्भीर भएको बताएका थिए ।
एक २२ वर्षीय व्यक्तिले बिहान ९ बजतिर एक ट्रेनको अगाडि हाम फालेका थिए । ती व्यक्ति प्लेटफर्मको छेउको नजिक हाम फालेका थिए । तर जब रेल स्टेशनमा पस्यो र अपरेटरले ट्रेनलाई रोकेका थिए । ती व्यक्ति ट्रेन रोकिनेबित्तिकै अगाडि हाम फालेकाले ज्यान भने जोगिएको जनाइएको छ ।
N/W train service is severely disrupted in both directions.
What’s Happening?
Emergency teams are responding to someone who was struck by a train at Broadway. pic.twitter.com/vtqLwXcTOm
— NYCT Subway (@NYCTSubway) September 18, 2023
ती व्यक्तिलाई माउन्ट साइनाई अस्पतालमा खुट्टाको दुखाइको उपचार गरिएको थियो । तर घटनापछि ट्रेन सेवा अवरुद्ध भएकाले यात्रा अराजकता निम्त्याएको थियो । क्वीन्समा एन र डब्ल्यू ट्रेनहरूको सेवा सीमित गरिएको थियो । दक्षिणतर्फका ट्रेनहरु अस्टोरिया बुलेभार्डबाट क्वीन्सबोरो प्लाजासम्म एक्सप्रेस चलिरहेका थिए । स्थानीय स्टपहरूमा सेवा खोज्नेहरूलाई उत्तरतर्फ जाने रेल लिन प्रोत्साहित गरिएको थियो ।
क्वीन्स र म्यानहट्टन बीच यात्रा गर्न खोज्ने यात्रुहरूलाई सेभेन, ई, एफ वा आर ट्रेन लिन प्रोत्साहित गरिएको थियो । न्युयोर्कमा ट्रेनको ठक्करबाट बर्षेनी दर्जनौं व्यक्तिको ज्यान जाने गरेको छ भने कैयन घाइते हुने गरेका छन् ।