न्युयोर्क सिटीका पाँचवटै बरोमा एमटीए बसहरु नि: शुल्क संचालन सुरु


प्रकाशित मिति : आश्विन ७, २०८० आईतबार

न्युयोर्क सिटीमा झण्डै ४४ हजार यात्रुहरुले अब ६ महिनाको लागि नि: शुल्क एमटीए बसहरु चढ्न पाउने भएका छन् । यसरी नि: शुल्क  सवारी प्रदान गर्ने रुटहरू न्युयोर्क सिटीका पाँचवटै बरोमा एकएकवटा रहेका छन् ।

निःशुल्क मार्गहरू स्थापना गरेर शहरभरि सार्वजनिक यातायातमा पहुँच विस्तार गर्ने र सबै न्यूयोर्कवासीहरूलाई राम्रो सेवा दिन ट्रान्जिट इक्विटीमा सुधार गर्ने सरकारी घोषणा छ ।

२२९ बिलियन राज्य बजेट सम्झौताको एक हिस्साका रुपमा रहेको यो कार्यक्रम ६ महिना सम्म रहने छ । निशुल्क रुटहरूमा चल्ने बसहरूमा गन्तव्य साइनेज हरियो र कालो रहेको छ भने ‘नि: शुल्क’ चिन्ह लगाइएको छ । यी बसबाट अन्य बसहरू वा सबवे लाइनहरूमा निशुल्क ट्रान्सफर भने हुदैनन् ।

नि: शुल्क  बसहरुमा बीएक्स १८ ए/बी,  बी ६०, एम ११६, क्वु ४ लोकल / लिमिटेड, एस ४६/९६ रहेका छन् । यी बसहरुको विभिन्न ट्रेन लाइनहरुसँग कनेक्शन रहेको छ । बीएक्स १८ ए र बी ब्रोंक्समा चल्छ भने बी ६० ब्रुकलिनमा चल्छ । त्यस्तै क्वु ४ लोकल र लिमिटेड क्वीन्समा चल्छ भने एम ११६ म्यानहटनमा चल्छ । एस ४६ र ९६ स्टेटन आइल्याण्डमा चल्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com