मंगलबारदेखि एयर ट्रेनबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल जाँदा यो सुविधा थप


प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार

मंगलबारदेखि ट्रेनबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल जाँदा यात्रुहरुले थप सुविधा पाउने भएका छन् । अब पहिलेजस्तो एयरट्रेन चढ्नका लागि मेट्रोकार्डमा ८ डलर २५ सेन्टस लोड गरिरहनुपर्नेछैन । अब यात्रुहरुले ओम्नी पेमेन्ट सुविधामार्फत आफ्नो बैंक कार्ड वा ओम्नी कार्ड ट्याप गरेर एयरट्रेन चढ्न पाउनेछन् ।

अहिलेसम्म मेट्रोकार्डमा लोड गर्नुपर्ने झन्झट भएका कारण स्टेशनमा मेसिनमार्फत कार्ड लोड गर्नेको लामो लाइन हुने गरेको थियो । जसका कारण कैयनको त विमान छुट्ने अवस्था समेत आउने गरेको थियो । एमटीए ट्रेनमार्फत ओम्नी ट्याप गरेर गएका यात्रुहरुले एयरट्रेन चढ्ने बेला नयाँ मेट्रोकार्ड लिएर लोड गर्नुपर्ने झन्झटले व्यस्त दिनहरुमा यात्रुहरुलाई निकै असुविधा हुदै आएको थियो ।

जोन अफ केनेडी विमानस्थलमा जाने एयरट्रेनले ओम्नी ट्याप एन्ड गो भुक्तानीहरू स्वीकार गर्न थाल्ने गभर्नर क्याथी होकुलले यसको डेब्यू हुनुभन्दा अगाडि घोषणा गरेकी हुन् । ओम्नी रिडरहरु टर्मिनलहरूका टर्नस्टाइलहरूमा स्थापित हुनेछन् भने मंगलबार अक्टोबर १० देखि सक्रिय हुनेछन् । जमैका र हावर्ड बीचका स्टेशनहरूमा गेटहरू छानेर ओम्नी पेमेन्ट सुविधा राखिनेछ ।

तत्कालका लागि प्रत्येक गेटमा ओम्नी जडान हुने छैन । त्यो प्रक्रिया जारी रहने र २०२४ को अन्त्यसम्ममा पूरा हुने होकुलले बताइन् । तब सम्म धेरै टर्नस्टाइलहरूले मेट्रोकार्डहरू स्वीकार गर्न पनि जारी राख्नेछन् । आफूहरुले यात्रुहरूलाई जोन अफ केनेडी विमानस्थलमा ट्रेन लिन र न्युयोर्क सिटीमा आगन्तुकहरूलाई यसको सबैभन्दा आवश्यक सेवाहरू प्रयोग गर्न पहिले भन्दा सजिलो बनाउने गभर्नर होकुलले बताइन् ।

गत समरमा रुजवेल्ट आइल्याण्ड ट्रामवेमा ओम्नीको सुरुवात गरिएको थियो, जुन प्लेटफर्मको प्रयोग गर्नको लागि वास्तवमा पहिलो गैर एमटीए सञ्चालित सेवा हो। समग्रमा न्यु योर्कवासीहरू मेट्रोकार्ड प्रतिस्थापनका प्रशंसक भएका छन् जब २०२० मा ओम्नीको स्थापना गरिएको थियो । प्याक भएका झोलाहरूमा कार्ड खोज्न र यसलाई स्वाइप गरेर समय बिताउनुको सट्टा सधै हातमा हुने फोनमा ट्याप गरेर वा बैंक कार्ड ट्याप गरेर अगाडि बढ्न निकै सहज छ । अधिकारीहरूले चाँडै लङ आइल्याण्ड रेल रोडमा पनि यो प्रणाली लागू गर्ने निर्णय गर्ने जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com