इजरायलद्वारा युद्धको घोषणा
प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार
इजरायलले आइतवार औपचारिक रूपमा हमास विरुद्ध युद्धको घोषणा गरेको छ । इजरायलको मन्त्रिपरिषद्ले हमासविरुद्ध औपचारिक रूपमा युद्धको घोषणा गरेको हो । ठूलो सैन्य प्रतिक्रियाको लागि चरण तय गर्दै इजरायलले युद्धको घोषणा गर्दै गाजामा हवाई आक्रमण गर्दा कम्तिमा ३७० जना प्यालेस्टाइनीको मृत्यु भएको छ। शनिबारदेखि गाजामा कम्तिमा २,२०० भन्दा धेरै घाइते समेत भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार देश युद्धमा भएको बताएका थिए । तर इजरायली क्याबिनेट द्वारा आइतवारको कदम एक आधिकारिक निर्णय हो । जुन अमेरिकामा संसदले युद्धको घोषणा गरे बराबर हो । इजरायलको आधारभूत कानूनको धारा ४० बमोजिम युद्ध घोषणा गरिएको इजरायली सरकारी प्रेस कार्यालयले जनाएको छ। इजरायलको लिखित संविधान छैन, तर यसका १३ आधारभूत कानुनले समान कार्य गर्दछ।
हमासका लडाकुहरूले गाजाबाट सिमानामा अप्रत्याशित हमला गरेको एक दिनपछि इजरायलमा युद्ध चर्किएको हो । इजरायलमा मृत्यु हुनेको संख्या ५०० नाघेको र २,००० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्। हमासले दर्जनौं इजरायलीहरूलाई कब्जामा लिएको छ, जसमा सैनिकहरू समेत छन्र । इजरायली सेनाले आइतबार दक्षिणी इजरायलबाट लडाकु समूहलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ।
इजरायली प्रतिक्रियाको पूर्ण मात्रा अस्पष्ट रहेको छ, तर एक सैन्य प्रवक्ताका अनुशार देशले सन् २००५ पछि पहिलो पटक गाजाको पूर्ण नियन्त्रण लिन प्रयास गर्न सक्छ।
इजरायलले गाजामा बन्धकहरूलाई मुक्त गर्न र फिर्ता गर्न जे पनि गर्ने इजरायल रक्षा बलका प्रवक्ता मेजर डोरोन स्पिलम्यानले चेतावनी दिएका छन् ।
पोल्याण्डले इजरायलबाट आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न वायु सेनाको यातायात विमानहरू पठाउने भएको छ । राष्ट्रपति एन्ड्रेज डुडाले आइतवार सोशल मिडिया प्लेटफर्म एक्समा पोष्ट गर्दै विशेष बलका सिपाहीहरूले बोर्डमा लोडिङ सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने बताएका छन् । उनले आफ्ना सबै देशवासीहरू सुरक्षित रूपमा घर फर्कन सकून् भन्ने सुनिश्चित गर्ने बताएका छन् ।
अमेरिकाले पनि आज इजरायललाई थप सहायता घोषणा गर्न सक्ने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । आफूहरुले इजरायलीहरूले गरेका विशेष अतिरिक्त अनुरोधहरू हेरिरहेको र आज यसबारे केही घोषणा हुनसक्ने उनले बताएका छन् । राष्ट्रपति जो बाइडेनको निर्देशन अमेरिकाले हमासको आक्रमणको सामना गर्न इजरायललाई यस क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउने कुरा सुनिश्चित गर्नु रहेको उनको भनाई छ ।
इजरायलमा केही अमेरिकीहरुको पनि मृत्यु भएको रिपोर्टहरु आएको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । तर यसको थप पुष्टी हुन भने बाँकी रहेको छ ।