अमेरिकासँगको राजनीतिक तनावका बीच चीनमा विगतको मोडलको तुलनामा आईफोन १५ को माग कम
प्रकाशित मिति : आश्विन २९, २०८० सोमबार
एप्पलको नयाँ आईफोन १५ का संस्करणहरुको माग चीनमा गत वर्षका मोडेलहरूको तुलनामा कमजोर भएको छ । काउन्टरपोइन्ट रिसर्चका अनुसार पहिलो दुई हप्तामा आईफोन १४ को बिक्रीको तुलनामा चीनमा आइफोन १५ को बिक्री साढे ४ प्रतिशत कम भएको छ। हुवावेको नयाँ मेट ६० स्मार्टफोनको लागि ग्राहकको माग बढे पछि चीनमा आईफोन १५ को बिक्री दोहोरो अंकको प्रतिशतले घटेको छ ।
यो रिपोर्ट पछि एप्पलको शेयरमा पनि केही गिरावट आएको छ छ । चिनियाँ अर्थतन्त्र, संघर्षरत आवास बजार र चीनका उच्च अन्तका विक्रेताहरू, विशेष गरी चिनियाँ उपकरण निर्माता हुवावेका बीचमा बढ्दो प्रतिस्पर्धाको बीचमा यी रिपोर्टहरू आएका छन्। काउन्टरपोइन्टका अनुसन्धान निर्देशक जेफ फिल्डह्याकका अनुशार अहिले चीनमा आईफोन १५ को बिक्रिमा राष्ट्रवादको प्रभाव देखिएको छ । चिनियाँ उपभोक्ताहरूमा उनीहरूलाई अमेरिकी सरकारले अन्याय गरेको र प्रतिबन्धहरू लगाएको सोचका कारण उनीहरुले आईफोनको साटो हुवावेका फोनहरु किनिरहेका छन् ।
तर चीन पनि एप्पलको लागि धेरै महत्त्वपूर्ण छ किनभने यो अमेरिका पछि सबैभन्दा ठूलो बजार हो। हुवावेले अहिले नै स्मार्टफोन बिक्रीको मामलामा एप्पललाई उछिन्ने अपेक्षा भने गर्न सकिन्न । तर मेट ६० मा निरन्तर चासोले एप्पलको मागमा भने गिरावट जारी रहने देखिएको छ । एप्पलले गत वर्ष आईफोन १४ ल्याउँदा यसको बिक्रि चीनमा पहिलो नम्बरमा थियो । तर अ राजनीतिक तनाव र प्रतिस्पर्धाको साथ यो एप्पलका लागि चिन्ताको विषय बनेको छ ।
यद्यपि काउन्टरपोइन्टका अनुसार आईफोन १५ का संस्करणहरुको माग र बिक्रि गतबर्षको तुलनामा १० प्रतिशत बढी छ । यो एप्पलको लागि बलियो बृद्धि हो जुन बिक्री अगस्टमा लगातार तेस्रो त्रैमासिकमा आईफोन १५ लन्च हुनु अघि घटेको थियो । नयाँ आईफोन १५ स्लिमर डिजाइन, थप उन्नत मुख्य क्यामेरा प्रणाली र अनुकूलन योग्य कार्य बटनको साथ आएको छ, जसले साइलेन्ट बटनलाई भ्वाइस मेमो सुरु गर्नदेखि नोट लेख्नसम्म थप नियन्त्रणहरू दिन्छ । साथै एप्पलको ११ बर्षदेखिको लाइटनिङ चार्जिङ केबल समाप्त भएर युएसबी सी चार्जिङ कर्ड प्रयोग सुरु भएको छ ।