दुईसातादेखि अमेरिकाको प्रतिनिधिसभा सभामुखविहिन, दुईपटकको मतदानबाट पनि छान्न असफल


प्रकाशित मिति : कार्तिक २, २०८० बिहीबार

दुईपटकको मतदानबाट पनि अमेरिकाको प्रतिनिधिसभाले सभामुख छान्न असफल भएपछि अर्को मतदान शुक्रबार विहान १० बजे हुने भएको छ । सांसद जिम जोर्डनले आफू सभामुखको दौडबाट पछि नहट्ने बताएका छन् । पर्याप्त प्रतिरोध र दुई पटक असफल मतदानको बावजुद उनी मैदानबाट नहट्ने भएका छन् ।

ओहायोका रिपब्लिकन सांसद जोर्डनले आज दिउँसो उनको उम्मेदबारीको विरोध गर्ने केही सांसदहरुलाई भेटेका थिए । तर उनीहरुमध्ये धेरैले अझै पनि जोर्डनलाई मतदान नगर्ने बताएका छन् ।

बिहीबारको बैठक पछि हाउस रिपब्लिकनले अन्तरिम अध्यक्ष प्याट्रिक म्याकहेनरीको शक्तिलाई अस्थायी रूपमा विस्तार गर्ने प्रस्ताव खारेज गरिएको र तिनीहरू जोर्डनको लागि थप फ्लोर भोटको साथ अगाडि बढ्ने बताएका थिए । यद्यपि जोर्डनले समामुखमा जित्नको लागि कठोर लडाईको सामना गरिरहेका छन् ।

(Photo by Aaron Schwartz/Xinhua)

जोर्डन बुधबार दोस्रो मतदानमा सभामुखको पद जित्न असफल भएका थिए । एक दिन अघि मतदानको पहिलो राउन्डमा गरेको भन्दा दोश्रो राउण्डमा उनको खराब प्रदर्शन रहेको थियो । यसले जोर्डनसँग अगाडि बढ्ने मार्ग छ कि छैन भनेर गम्भीर प्रश्न खडा गरेको छ ।

मंगलबार पहिलो चरणको मतदानमा २० हाउस रिपब्लिकनले जोर्डनको विपक्षमा मतदान गरेका थिए । तर बुधवार त्यो संख्या बढेर २२ पुगेको थियो । जसले उम्मेदवारको विरोध बढेको देखाउँछ।

 (Photo by Aaron Schwartz/Xinhua)

केभिन म्याकार्थीको ऐतिहासिक बहिर्गमनको दुई हप्ता भन्दा बढी समयसम्म पनि सभामुखविहिन रहेको सदन स्थिर रहेको छ । नोभेम्बरमा सरकारी कोषको समयसीमा सामना गरिरहँदा तथा युक्रेन र इजरायलको युद्धको साथै विदेशमा संकट देखा परेको डरलाग्दो अवस्थामा संसद कामकारवाही विहिन हुँदा समस्या हुने देखिएको छ । संसद स्थीर रहँदा सरकार शटडाउनको सम्भावना समेत रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com