अब अमेरिकामा एड्भान्स परोल ट्राभल डकुमेन्ट पनि पाँचबर्षको, ग्रिनकार्ड कुरिरहेकाहरुलाई राहत


प्रकाशित मिति : कार्तिक ७, २०८० मंगलबार

अमेरिकामा युएससीआईएसले केही श्रेणीका वर्क परमिटको म्याद ५ बर्ष बनाएसँगै एड्भान्स परोल ट्राभल डकुमेन्ट पनि पाँचबर्षे म्याद सहितकै जारी गर्न सुरु गरेको छ । पाँच बर्षे वर्क परमिटका लागि योग्य हुनेहरु पाँच बर्षे एड्भान्स परोलका लागि योग्य हुनेछन् । एड्भान्स परोलको म्याद पाँच बर्ष हुँदा ग्रीन कार्ड जारी हुनको लागि पर्खँदै गर्दा आवेदकहरूले फारम आई १३१ पटकपटक फाइल गर्नुपर्ने झन्झट हटेको छ ।

हालै अमेरिकामा एसाइली लगायतका केही श्रेणीका वर्क परमिटको म्याद ५ बर्ष कायम गरिएको हो । युएससीआईएसले शरणार्थीको रूपमा भर्ना भएका, शरणार्थीहरूका रूपमा परोल गरिएका, एसाइलम स्वीकृत भएका र देशनिकालाबाट राहत प्राप्तकर्ताहरुहरू सहितका निश्चित गैर नागरिकहरू जसको वर्क परमिट पहिले नै रहेको अध्यागमन स्टाटसका कारण स्वीकृत गरिएको छ, उनीहरुका लागि प्रारम्भिक र नवीकरण वर्क परिमट अधिकतम ५ बर्ष बनाउने नीति अपडेट गरेको हो ।

साथै युएससीआईएसले एसाइलम आवेदकहरु, देशनिकालाबाट राहतका लागि आवेदन दिएकाहरु, आई एन ए २४५ अन्तरगत ग्रिनकार्ड आवेदन दिएकाहरु, देशनिकाला खारेज गरिएकाहरु लगायतका लागि वा प्रारम्भिक र नविकरण गर्दाको वर्क परमिटको म्याद ५ बर्षसम्मको प्रदान गर्छ । अद्यावधिक गरिएको मार्गदर्शनमा अटोमेटिक रुपमा काम गर्ने अधिकार पाएका गैर नागरिकहरूको श्रेणीका बारेमा पनि व्याख्या गरिएको छ ।

साथै रोजगारी योग्यता प्रमाणिकरणको लागि कसले आई ९४ रेकर्ड देखाउन सक्छ भन्नेबारे पनि थप जानकारी प्रदान गरिएको छ । कामको उद्देश्यका लागि फारम आई ९४ परिचयपत्र खुल्ने कागजातको साथ हुनुपर्छ। वर्क परमिटको म्याद ५ बर्ष बनाएर वर्क परमिटका लागि प्राप्त आवेदनको संख्यालाई उल्लेखनीय रूपमा घटाउने उद्देश्य रहेको युएससीआईएसले जनाएको छ ।

यद्यपि गैर नागरिकहरूको वर्क परमिट कायम रहन्छ वा रहन्न भन्ने कुरा भने तिनीहरूको अन्तर्निहित स्थिति, परिस्थितिहरू र वर्क परमिट फाइलिङ कोटीमा निर्भर रहने प्रष्ट पारिएको छ । उदाहरणका लागि कसैको ग्रिनकार्ड आवेदन विचाराधिन रहेको बेलामा आवेदकले ५ बर्षको वर्क परमिट प्राप्त गरेको खण्डमा र ग्रिनकार्ड आवेदन पाँच बर्षभन्दा अगाडि नै अस्वीकृत भएमा वर्क परमिट पनि त्यसमा लेखिएको म्याद अगाडि नै स्वत खारेज हुनेछ ।

यी श्रेणीहरुमा वर्क परमिट पहिले नै रहेको अध्यागमन स्टाटसका कारण स्वीकृत गरिन्छ : 

 

यी श्रेणीहरुमा वर्क परमिट आफैले आवेदन दिनुपर्छ र निम्न म्यादको प्राप्त गर्न सकिनेछ : 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com