अब अमेरिकाको हुलाकमा ठेगाना परिवर्तन अनुरोध गर्नु अघि ग्राहकले पहिचान प्रमाणित गर्नुपर्ने
प्रकाशित मिति : कार्तिक ११, २०८० शनिबार
अमेरिकी हुलाक सेवा युएसपीएसको नयाँ नीतिले प्याकेजहरूको लागि ठेगाना परिवर्तन अनुरोध पेश गर्नु अघि ग्राहकहरूले आफ्नो पहिचान प्रमाणित गर्न आवश्यक हुने भएको छ । हुलाक सेवाले लागु गरेको नयाँ ठेगाना प्रमाणीकरण नीति अन्तरगत त्यस्तो प्रमाणीकरण व्यक्तिगत रूपमा हुलाकमा गएर, अनलाइनबाट वा पत्र मार्फत गर्न सकिन्छ।
युएसपीसएका अनुसार वर्णन गरिएका परिवर्तनहरू अगस्टमा बनाइएका थिए। यदि ग्राहकले उचित पहिचान प्रस्तुत गर्न वा रिटेल स्थानमा प्राप्त कोड सक्रिय गर्न असफल भएमा तिनीहरूको ठेगाना परिवर्तन प्रक्रियामा जानेछैन।
यो नीतिले ग्राहकको नाममा अनलाइनबाट गरिएका जालसाजी अनुरोधहरूलाई रोक्ने लक्ष्य राखेको छ। यदि कसैलाई आफ्नो ठेगाना परिवर्तन गर्न आवश्यक छ हुलाक कार्यालयमा गएर वा अनलाइन फारम भर्नुपर्छ । तर अब त्यो प्रक्रियामा थप कुरा जोडिएको छ।
ग्राहकहरुले अब थप आवश्यक चरणहरू पालना गर्नुपर्छ। एकपटक पूरा भएपछि ग्राहकले क्युआर कोड भएको इमेल प्राप्त गर्छन् । त्यसपछि ग्राहकले आफ्नो ठेगाना अद्यावधिक गर्नको लागि आफ्नो स्थानीय हुलाक कार्यालयमा व्यक्तिगत रूपमा आफ्नो आईडी र कोड ल्याउन आवश्यक छ।