नेपालमा २५ बर्षपछि यम बरालको एकल लाइभ कन्सर्ट, धादिङका चेपाङ बालबालिकाको सहयोगार्थ


प्रकाशित मिति : कार्तिक १५, २०८० बुधबार

नेपालमा २५ बर्षपछि बरिष्ठ गायक यम बरालको एकल लाइभ कन्सर्ट हुने भएको छ । झण्डै २५ बर्ष अगाडि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एकल लाइभ कन्सर्ट गरेका बरालले नोभेम्बर ४ अर्थात् आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा लाइभ प्रस्तुती दिने भएका छन् । न्युयोर्कमा २ पटक एकल कन्सर्ट गरेका बरालले यसपटक भने लाइभ व्याण्डसहित आफ्ना दुई दर्जनभन्दा बढी चर्चित र लोकप्रिय गितहरु गाउनेछन् ।

लायन्स क्लब अफ काठमाडौं, सिद्धार्थ एभरग्रिनको आयोजनामा हुने कार्यक्रम दिउसो साढे ४ बजेदेखि सुरु हुनेछ । धादिङको गजुरी गाउँपालिका ५ स्थित डोल भञ्ज्याङ माबिमा क्लबले सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । यस विद्यालयमा चेपाङ समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

शनिबारको कन्सर्टका लागि अभ्यास गर्दै बराल ।

र्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गरिने जनाइएको छ । दुई चरणको प्रस्तुति रहने कार्यक्रमा पहिलो भागमा गायक बरालले आफ्ना लोकप्रिय सुगम संगीतमा आधारित गीतहरु गाउनेछन् भने दोस्रो भागमा रमाइला गीतहरुको प्रस्तुति रहनेछ।

२०४७ सालमा रेडियो नेपालमा ‘सागरभन्दा गहिरो बोलको गीत गाएर गायन क्षेत्रमा अगाडि बढेका यम बराललाई बादलुको घुम्टो गीतले चर्चाको शिखरमा पुराएको थियो । त्यसपछि उनका निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, दिलमाया दिलमायालगायत गीतहरु हिट बने ।

१०० भन्दा बढी नेपाली फिल्ममा पार्श्व गायनसमेत गरेका बरालले हालसम्म एक हजार बढी गीतमा स्वर दिएका छन् । उनी गोरखा दक्षिणबाहु चौथो, नारायणगोपाल पुरस्कार, छिन्नलता पुरस्कार लगायतका विभिन्न पुरस्कारहरुबाट समेत सम्मानित भइसकेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com