बाबुआमाबाट उपेक्षित बालबालिकाहरुलाई ग्रिनकार्ड दिने नीतिमा युएससीआईएसबाट अपडेट


प्रकाशित मिति : कार्तिक २३, २०८० बिहीबार

बाबुआमाबाट उपेक्षित बालबालिकाहरुका लागि ग्रिनकार्ड आवेदनबारे युएससीआईएसले नीति अपडेट गरेको छ । तुरुन्तै लागु हुनेगरी विशेष आप्रवासी जुभेनाइल आवेदनहरु निर्णय गर्न मार्गदर्शन अपडेट गरेको तथा यो अपडेटले केही आवेदकहरूको लागि ग्रिनकार्ड निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउने युएससीआईएसले जनाएको छ ।

गत जुलाई ३१ मा भएको अदालतको आदेशसँग मिलाउनको लागि अपडेट गरिएको र उनीहरुका लागि ग्रिनकार्ड आवेदनबारे निर्णय गर्नको लागि १८० दिनको समय सीमा आवेदनको प्रारम्भिक निर्णयमा मात्र लागू हुने युएससीर्आएसले जनाएको छ । यो समयसिमा आवेदन अस्वीकार गरेपछि दायर गरिएको कुनै पनि प्रस्ताव वा अपीलको निर्णयमा लागु नहुने युएससीआईएसले प्रष्ट पारेको छ । जसले गर्दा आवेदकलाई केही सहज हुनेछ ।

विशेष आप्रवासी जुभेनाइल अमेरिकामा रहेका गैर नागरिकहरूका लागि आप्रवासी वर्गीकरण हो जुन बालबालिकाहरुलाई अदालतको सुरक्षा चाहिन्छ । अभिभावकद्वारा दुर्व्यवहार, परित्याग वा बेवास्ता गरिएका बालबालिकाहरुले यो संरक्षण प्राप्त गर्छन् । तिनीहरूले फारम आई ३६० प्रयोग गरेर यो वर्गीकरणको लागि आवेदन दिन सक्छन्।

वर्गीकरणमा परेका गैर नागरिकहरू ग्रिनकार्डका लागि लागि योग्य हुन सक्छन् । यो आवेदनका लागि योग्य हुनका लागि २१ बर्षभन्दा कम उमेरको हुनुपर्छ । यो बर्गिकरणमा पर्नका लागि हाल अमेरिकामा बसोबास गरेको हुनुपर्छ भने वर्गीकरणमा अमेरिका आउनको लागि देश बाहिरबाट आवेदन दिन मिल्दैन । तर कुनै पनि प्रकारको भिसामा अमेरिका आएका वा विना भिसा सिमा पार गरेर आएकाहरु समेत यसका लागि योग्य हुनसक्छन् ।

अविवाहित हुनुपर्छ । विगतमा पनि विवाह भएको हुनुहुदैन । पहिले विवाहित भएको तर विवाह रद्द, डिभोर्स वा मृत्युमा समाप्त भएमा पनि योग्य भइदैन । अमेरिकाको अदालतले जारी गरेको वैध बाल अदालतको आदेशमा आवेदक अदालतमा निर्भर रहेको, सरकारी एजेन्सी वा अदालतले तोकेको व्यक्ति वा संस्थाको संरक्षणमा रहेको तथा दुर्व्यवहार, परित्याग, उपेक्षा मध्ये कुनै पनि कारणले गर्दा आमाबाबु मध्ये एक वा दुबै संग पुनर्मिलन हुन नसक्ने अवस्था रहेको उल्लेख हुनुपर्छ ।

आफ्नो राष्ट्रियता भएको देश वा आफू वा आमाबाबुको अन्तिम बसोबास भएको देशमा फर्कनु तपाईंको हितमा नभएको समेत पुष्टी हुनुपर्छ । केही जुभेनाइल अदालतहरुले आवेदक १८ वर्ष भन्दा कम उमेरको भएमा मात्र आदेश जारी गर्न सक्षम हुन सक्छन्। तर युएससीआईएसले आवेदन भने २१ बर्षभन्दा कम उमेरका व्यक्तिको स्वीकार गर्छ । आवेदकले कानून अन्तर्गत दुर्व्यवहार, बेवास्ता, परित्याग वा समान आधारबाट राहत प्राप्त गर्न बाल अदालतको आदेश खोजेको हुनुपर्छ र मुख्यतया अध्यागमन लाभ प्राप्त गर्न होइन।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com