अप्रिलदेखि अमेरिकी ग्रिनकार्डका लागि १५४० डलर, नागरिकताका लागि ७६० डलर
प्रकाशित मिति : पुस ७, २०८० शनिबार
कामदार भिसा एचवानबी दर्ता गर्ने शुल्क सहित युएससीआईएसका आवेदनहरूका लागि शुल्क बढाउने अन्तिम नियम अब अप्रिल २०२४ मा प्रकाशित गर्ने तय गरिएको छ । यस अगाडि शुल्क बृद्धिको नियम मार्च २०२४ मा प्रकाशनको लागि निर्धारित गरिएको थियो तर सन् २०२३ कै अन्त्यसम्म प्रारम्भिक रूपमा जारी हुने समाचारहरु समेत बाहिर आएका थिए ।
यस अगाडि गर्न लागेको शुल्कबृद्धि अमेरिकाका संघीय न्यायाधिसले रोकेका थिए । शुल्कबृद्धि रोक्ने अदालतको आदेशका कारण युएससीआईएसले पुरानै शुल्क र आवेदनका पुरानै संंस्करणहरु स्वीकार गरेको थियो ।
अमेरिकी नागरिकता आवेदन एन ४०० का लागि अनलाइन आवेदन शुल्क ६४० रहकोमा ७६० डलर लागु गर्न लागिएको छ । अहिलेको बायोमेट्रिक शुल्क लिइनेछैन । अहिलेको प्रावधान अनुशार नागरिकता आवेदन फाइल गर्नका लागि कम आम्दानी हुनेलाई ३२० डलर र अरुलाई ६४० डलर शुल्क रहेको छ । बायोमेट्रिक शुल्क ८५ डलर रहेको छ ।
ग्रिनकार्डको आवेदन आई ४८५ को शुल्क १५४० बनाउन लागिएको छ । बायोमेट्रिक शुल्क लिइनेछैन । गैरआप्रवासी भिसा थप वा स्टाटस परिवर्तनका लागि अहिलेसम्म ३७० डलर रहेकोमा नयाँ शुल्क ५२५ डलर रहेको छ ।
प्रस्तावित शुल्कबृद्धि यस्तो छ ।