न्युयोर्क सिटीमा आमाको घाँटीमा चक्कु दाग्नेमाथि प्रहरीको गोली, घटनास्थलमै मृत्यु


प्रकाशित मिति : पुस ७, २०८० शनिबार

प्रहरीले न्युयोर्क सिटीको ब्रोंक्स अपार्टमेन्टमा आमाको घाँटीमा चक्कु राख्ने व्यक्तिलाई गोली हानेको छ । शनिबार बिहान ब्रोंक्समा परिवारका सदस्यमाथि चक्कु प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानेको हो ।

बेडफोर्ड पार्क नजिकको क्रेस्टन एभिन्यू अपार्टमेन्ट भवनमा रहेको चक्कुधारीका बारेमा खबर पाएपछि शनिबार बिहान ११ बजेतिर दुई अधिकारीहरू घटनास्थल पुगेका थिए । १३ औं तलामा पुग्दा प्रहरीले ९११ मा फोन गर्ने परिवारका सदस्यलाई भेटेका थिए ।

प्रहरी अधिकारीहरू परिवारको अपार्टमेन्ट तर्फ लाग्दै गर्दा एक १९ वर्षीया महिला अनुहारमा घाउ लिएर चिच्याउदै बाहिर निस्केकी थिइन् । प्रहरी अपार्टमेन्टमा प्रवेश गर्दा चक्कुधारीले आफ्नी आमाको घाँटीमा चक्कु दागेको भेट्टाएका थिए ।

४५ वर्षीया ती महिलालाई पहिले नै चोट लागेको थियो भने रगत बगिरहेको देखिएको थियो । प्रहरीले चक्कु दाग्ने व्यक्तिलाई चक्कु तल राख्न चेतावनी दिंदा नमानेपछि टाउकोमा गोली हानेका थिए । उक्त व्यक्तिलाई नजिकैको अस्पताल लगिएको थियो भने त्यहाँ मृत घोषणा गरिएको थियो ।

बिहानको घटना प्रहरीले लगाएको बडी क्यामेरामा पूर्ण रूपमा कैद भएको थियो । प्रहरीले उक्त भिडियो कहिले सार्वजनिक गर्ने भन्नेबारे केही बताएको छैन । चक्कुधारी भावनात्मक रूपमा विचलित रहेको प्रहरीको भनाई छ ।

विदाको समयमा भएको विहानको घटना पूर्ण त्रासदी भएको प्रहरीले प्रेस सम्मेलनमा बताएको छ । प्रहरीहरु समयमै घटनास्थलमा गएर परिवारलाई थप हानिबाट बताएको प्रहरीले जनाएको छ ।
चक्कु बोकेको व्यक्तिले शनिबार बिहान आफू र परिवारका सदस्यलाई चोट पुर्याउने धम्की दिएको प्रहरीले जनाएको छ । के कारणले घटना सुरु भयो भन्ने अझै स्पष्ट भएको छैन ।

३० वर्षीय पुरुष परिवारका सदस्यहरूसँग दुई बेडरूमको अपार्टमेन्टमा बस्दै आएको जनाइएको छ । उक्त व्यक्तिसँग सम्बन्धित मानसिक स्वास्थ्य रिपोर्टको कुनै रिपोर्ट प्रहरीसँग नभएपनि अपार्टमेन्टमा घरेलु हिंसाका कलहरूको इतिहास भने थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com