आगामी ट्याक्स फाइल गर्दा कसले पाउँछ ७५ सय डलरसम्मको सफा सवारी साधन र ऊर्जा क्रेडिट?


प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार

100 US dollar banknotes

यदि तपाईंले सन् २०२३ मा विद्युतीय गाडी खरिद गर्नुभएको थियो वा आफ्नो घरमा ऊर्जा सुधार गर्नुभएको थियो भने तपाईं यसपटक कर छुटको लागि योग्य हुन सक्नुहुन्छ।

क्लिन भेहिकल ट्याक्स क्रेडिटले ब्रेकलाई ७ हजार ५ सयमा सीमित गर्दछ भने योग्य इको फ्रेन्डली घर सुधार अन्तरगत थप हजारौं डलर क्रेडिट प्राप्त गर्न सकिन्छ । गतबर्ष ल्याइएको कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिलमा गाडी किन्दा ७५ सय डलरसम्म ट्याक्स क्रेडिटको व्यवस्था गरिएको हो । स्वच्छ ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणका लागि ल्याइएको यो बिलमा विद्युतीय गाडी वा इन्धन सेल वाहनका लागि ट्याक्स क्रेडिटको व्यवस्था गरिएको हो ।

मध्य र कम आम्दानी भएकाहरुलाईमात्र यो ट्याक्स क्रेडिट प्रदान गरिनेछ । ३ लाख डलरसम्म आम्दानी भएका दम्पत्ति, २ लाख २५ हजार डलरसम्म आम्दानी भएका घरमूली र १ लाख ५० हजार डलरसम्म आम्दानी भएका एकल ट्याक्स फाइलकर्ताहरुले यो क्रेडिट प्राप्त गर्न सक्छन् । तर गाडी आफ्नै लागि किनिएको हुनुपर्छ । गाडी कम्तिमा ८ किलोवाट आवर्सको ब्याट्री क्षमता भएको हुनुपर्छ । १४ हजार पाउन्ड भन्दा कमको वजन भएको र योग्य उत्पादकले उत्पादन गरेको हुनुपर्छ । इन्धन सेल वाहनका हकमा भने छुट छ ।

black and white usb cable plugged in black device

त्यस्तै गाडीको जडान उत्तर अमेरिकामा भएको हुनुपर्छ भने महत्वपूर्ण मिनरल र ब्याट्री कम्पोनेन्ट आवश्यकताहरू पूरा हुनुपर्छ । सबै आवश्यकताहरु पूरा गरेको खण्डमा कम्तीमा ३७५१ डलरसम्म र बढीमा ७५ सय डलरसम्म क्रेडिट प्राप्त गर्न सकिनेछ । भ्यान, खेलकुद उपयोगिता सवारी र पिकअप ट्रकहरूको लागि मूल्य ८० हजार डलरसम्म र अन्य सवारी साधनहरूको लागि ५५ हजार डलरसम्ममात्र हुनुपर्छ ।

पूरानो विद्युतीय गाडी किन्दा पनि ४ हजार डलर ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ । तर त्यसका लागि आम्दानीको मापदण्ड फरक रहेको छ । पूरानो गाडी किन्दा डिलरबाट किन्नुपर्छ भने बिक्रि मूल्य २५ हजारभन्दा कम हुनुपर्छ । तपाईंले यसलाई खरिद गर्दाको क्यालेन्डर वर्ष भन्दा कम्तिमा २ वर्ष पहिलेको मोडेल हुनुपर्छ । उदाहरणका लागि, २०२३ मा खरिद गरिएको गाडी २०२१ वा सोभन्दा पुरानो मोडेलको हुनुपर्छ ।

तातो पम्प र रूफटप सोलार प्यानलहरू जस्ता स्वच्छ ऊर्जा स्रोतहरू खरिद गर्ने मानिसहरूका लागि पनि छुट र ट्याक्स क्रेडिटहरू उपलब्ध छन्। ऊर्जा कुशल गृह सुधार क्रेडिट आजिवन १२ सय डलरसम्म पाउनसकिन्छ भने तातो पम्प, बायोमास स्टोभ र बोयलरहरूको छुट्टै वार्षिक क्रेडिट सीमा २ हजार डलरसम्म छ । आवासीय स्वच्छ ऊर्जा क्रेडिट ३० प्रतिशतसम्म पाउनसकिन्छ भने त्यसको कुनै आजिवन सिमा छैन ।

ती उपायहरू अधिक मानिसहरूलाई स्वच्छ ऊर्जा उपलब्ध गराउने उद्देश्यका छन् । सोलार प्यानलहरू सेटअपको लागि लगभग ११ हजार डलर खर्च हुन्छ । रोडियम समूहको एक अध्ययनले अनुमान गरे अनुशार यी प्रावधानहरूले सन् २०३० सम्ममा प्रति वर्ष हरेक घरमा औसतमा १ हजार २५ डलर बचत गर्नेछ।

थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com