अमेरिकामा २०२४ को आम्दानीमा करको नयाँ दर, करदाताको हजारौं डलर जोगिने


प्रकाशित मिति : जेष्ठ ५, २०८१ शनिबार

आईआरएसले सन् २०२४ का लागि सार्वजनिक गरेको करको दरमा आईआरएसले मुद्रास्फीति समायोजन प्रदान गरेको छ । सन् २०२४ को आम्दानीमा नयाँ करको दर लागु हुनेछ, जसको ट्याक्स फाइल २०२५ मा हुनेछ । कम आम्दानी हुनेहरुले कम प्रतिशत र बढी आम्दानी हुनेहरुले बढीप्रतिशत कर तिर्नुपर्ने गरी करको दर निर्धारण गरिएको हुन्छ । यस्ता करका दरहरु हरेक बर्ष परिवर्तन हुने गर्छन् ।

सन् २०२४ मा ११ हजार ६ सयसम्म आम्दानी हुने एकल र २३ हजार २ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले अर्को बर्ष अर्थात् २०२५ मा ट्याक्स फाइल गर्दा १० प्रतिशतसम्ममात्र कर तिर्नुपर्छ । सन् २०२३ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि ११ हजार र संयुक्त फाइल गर्ने दम्पत्तिका लागि २२ हजार सम्म रहेको थियो ।

त्यस्तै सन् २०२४ मा ११ हजार ६ सय १ भन्दा माथि र ४७ हजार १ सय ५० सम्म आम्दानी हुने एकल तथा २३ हजार २ सय १ भन्दा माथि र ९४ हजार ३ सय सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २०२५ मा ट्याक्स फाइल गर्दा १२ प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२३ मा यो दरका लागि आम्दानीको सिमा एकलका लागि ११ हजार १ भन्दा माथि र ४४ हजार ७ सय २५ सम्म तथा दम्पत्तिका लागि २२ हजार १ भन्दा माथि र ८९ हजार ४ सय ५० सम्म तोकिएको थियो ।

black ceramic mug beside white printer paper

सन् २०२४ मा ४७ हजार १ सय ५१ भन्दा माथि र १ लाख ५ सय २५ सम्म आम्दानी हुने एकल तथा ९४ हजार ३ सय १ माथि र २ लाख १ हजार १ सय ४९ सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले सन् २०२५ को अप्रिलभित्र ट्याक्स फाइल गर्दा २२ प्रतिशतसम्म कर तिर्नुपर्छ । २०२३ मा ४४ हजार ७ सय २६ भन्दा माथि र ९५ हजार ३ सय ७५ सम्म आम्दानी हुने एकल तथा ८९ हजार ४ सय ५१ भन्दा माथि र १ लाख ९० हजार ७ सय ५० सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले २२ प्रतिशतसम्म कर तिनुपर्ने थ्रेसहोल्ड थियो ।

त्यस्तै १ हजार ३५ सय २६ भन्दा माथि १ लाख ९१ हजार ९ सय ५० डलरसम्म आम्दानी हुने एकल तथा २ लाख १ हजार १ सय ५० भन्दा माथि र ३ लाख ८३ हजार ८ सय ९९ सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले सन् २०२५ मा ट्याक्स फाइल गर्दा २४ प्रतिशतसम्म कर तिर्नुपर्नेछ । १ लाख ९१ हजार ९ सय ५१ डलरभन्दा माथि र २ लाख ४३ हजार ७ सय २५ डलरसम्म आम्दानी हुने एकल तथा ३ लाख ८३ हजार ९ सय भन्दा माथि र ४ लाख ८७ हजार ४ सय ४९ सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले सन् २०२५ मा ट्याक्स फाइल गर्दा ३२ प्रतिशतसम्म कर तिर्नुपर्नेछ ।

त्योभन्दा माथि ६ लाख ९ हजार ३ सय ४९ डलरसम्म आम्दानी हुने एकलले ३५ प्रतिशतसम्म कर तिर्नुपर्छ भने त्योभन्दामाथि आम्दानी हुने एकलले ३७ प्रतिशतसम्म कर तिर्नुपर्छ । संयुक्त फाइल गर्ने दम्पत्तिको सन्दर्भमा भने ७ लाख ३१ हजार १ सय ९९ सम्म आम्दानी हुने संयुक्त फाइल गर्ने दम्पत्तिले ३५ प्रतिशतसम्म र त्योभन्दा माथि आम्दानी हुनेहरुले ३७ प्रतिशत कर तिर्नुपर्छ ।

यो करको दर सुन्दा तपाईले कति प्रतिशत कर तिर्दै हुनुहुन्छ भन्ने अन्यौल हुनसक्छ । किनभने आफ्नो करको दर थाहा पाउन करदाताले बिभिन्न ब्राकेटहरु हेर्नुपर्छ । अर्थात् करका फरक फरक दरहरु हेरेर हिसाब गर्नुपर्छ । उदाहरणका लागि कसैको आम्दानी ४७ हजार १ सय ५१ भन्दा माथि छ भने उसले सबै आम्दानीको २२ प्रतिशत कर तिर्नुपर्दैन । ४७ हजार १ सय ५१ माथिको आम्दानी जति हो, त्यसको मात्र २२ प्रतिशत तिरे पुग्छ बाँकी आम्दानीको सन्दर्भमा ११ हजार ६ सय सम्मको १० प्रतिशत तर त्योभन्दा माथि ४७ हजार १ सय ५१ सम्मको १२ प्रतिशत तिरे पुग्छ ।

यसरी अमेरिकामा करको दर सिमान्तकृत रुपमा हिसाब गरिन्छ । अर्थात् तपाईको आम्दानीको सुरुको डलरको तुलनामा पछिल्लो डलरको कर बढी तिर्नुपर्छ । योग्य ट्याक्स क्रेडिटहरु दावी गरेर तपाई करको कम दरभित्र पर्न सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com