न्युयोर्कको क्वीन्समा खाली भवनको बेसमेन्टमा भेटियो मानव कंकाल


प्रकाशित मिति : माघ १७, २०८० बुधबार

न्युयोर्कको क्वीन्समा एउटा खाली भवनको बेसमेन्टमा मानव हड्डीहरू फेला परेको प्रहरीले जनाएको छ । रिचमण्ड हिलमा रहेको घरमा सोमबार दिउँसो निर्माणकर्ताले फेला पारेको कंकाल सिटीको मेडिकल परीक्षकले मानव कंकाल भएको पुष्टि गरेको हो ।

दिउसो १ बजेर ५५ मिनेटमा जमैका एभिन्युको ११९ २२ नम्बरको भवनमा उक्त मानव कंकाल फेला परेको हो । हड्डीहरू भेटिएकोबारे निर्माणकर्मीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धान अझै पनि जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मानव कंकाल बेसमेन्टमा गाडिएको वा नगाडिएको बारे केही बताएको छैन । तर संचारमाध्यमहरुमा आएका तस्वीरहरुमा मानव कंकालमा माटो लागेको देखिएको छ । पाँच सात बर्ष अगाडि त्यो बाटो हिड्ने क्रममा भवनबाट कुहिएको गन्ध समेत आउने गरेको स्थानीयहरुको भनाई छ ।

भवनका बारेमा सिटीको निर्माण विभागमा धेरै गुनासोहरू आएका थिए । अक्टोबरदेखि एउटा बेसमेन्टको ढोकाबाट मुसाहरू निस्किएको लगायतका गुनासाहरु आएका थिए । यो भवन दशकौंदेखि खाली रहेकाले यसबारे स्थानीयबासिन्दाको नराम्रो नजर रहदै अएको थियो ।

नोभेम्बरमा भवनको निरीक्षण गर्दा फुटपाथमा रहेको धातुको बेसमेन्टमा छिर्ने ढोकालाई कुनै समय कंक्रिटले बन्द गरेको तर कंक्रिट फुटेको देखाएको थियो।

छाडिएको भए पनि सम्पत्ति अभिलेख अनुसार भवन राम्ररी बन्द वा सिल गरिएको थिएन। भवनको छाना पनि प्वाल परेको थियो, छेउबाट गुज्रिएको रेल लाइनमा सवार मानिसहरूले देख्न सक्थे। यो भवन २३ बर्ष अगाडिदेखि नै ढाकिएको अवस्थामा रहेको स्थानीयबासिन्दाले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com